Sunday, June 15, 2025
Homeमुख्य खबरमहोत्सव स्थलमा हेल्थडेस्क

महोत्सव स्थलमा हेल्थडेस्क

- Advertisement -spot_img

तुलसीपुर, २ पुस ।
दाङको तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेश कृषि तथा पर्यटन महोत्सव सञ्चालन भइरहेको छ । मंसिर २५ गतेदेखि सुरू भएको महोत्सव स्थलमा राप्ती लाइफकेयर हस्पिटलले निःशुल्क हेल्थडेस्क सञ्चालन गरेको छ ।

महोत्सव अवलोकनका लागि दर्शकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै लाइफकेयरले महोत्सव स्टलमा निःशुल्क हेल्थडेस्क सञ्चालन गरेको हो । उक्त हेल्थडेस्क मार्फत दैनिक ५० जना नागरिकले स्वास्थ्य चेकजाँच तथा चिकित्सकीय परामर्शसेवा लिँदै आएका छन् ।

रमेशराजस“ग झुम्यो तुलसीपुर
तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेशस्तरीय कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरूको संख्या बढ्दै गएको छ । गएको मंसिर २५ गतेदेखि सुरू भएको महोत्सवमा दैनिक रूपमा दर्शकहरूको संख्या बढ्दै गएको हो । अन्य दिनको तुलनामा शुक्रबार मेलामा दर्शकहरूको संख्या बढेको मेला आयोजक यूथ्स अफ तुलसीपुरले जनाएको छ ।

मेलामा व्यापारसँगै विभिन्न मनोरञ्जन तथा सांगीतिक कार्यक्रम हुँदै आएको छ । शुक्रबार चर्चित गायक रमेशराज भट्टराई, चर्चित गायिकाहरू महिमा श्रेष्ठ, सिर्जना खत्रीलगायत स्थानीयस्तरका कलाकारहरूले दर्शकहरूलाई नचाएका थिए ।

गायक भट्टराईले बेहुली बनाउँछु भन्थी बहुला बनार गई, तिमी लास्टै ब्युउटी छौ र पो म फिदा भाको छु, खुट्टा भए जुत्ता छानी छानी पाइन्छ यो बजारमा, माया लाको तिम्ले र मैले दुनियालाई के सवाल भो, मेरी नथिया वाली लगायतका चर्चित गीतहरूको गाएर दर्शकहरूलाई छमछमी नचाएका थिए ।

त्यसैगरी गायिका महिमा श्रेष्ठले पनि दर्शकहरूलाई नचाएकी थिइन् । उनले ओखल, ढोक्कल पिपल पात, तिम्रो पिक्चर हिटलगायतका चर्चिक गीतहरू गाएकी थिइन् । यसैबीच मेलामा आज चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत आउँदै छन् । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माणको लागि सञ्चालन भएको मेला पुस ६ गतेसम्म चल्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here