- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsएनप्याब्सनको बृहत् खेलकुद प्रतियोगिता

एनप्याब्सनको बृहत् खेलकुद प्रतियोगिता

- Advertisement -spot_img

दाङ, १ पुस ।
दाङको बेलझुण्डीमा बृहत् खेलकुद प्रतियोगिता सुरू भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोेसिएसन नेपाल (एनप्याब्सन) दाङको आयोजनामा बिहीबारदेखि खेलकुद बृहत् प्रतियोगिता सञ्चालन भएको हो ।

जिल्लाका २० बढी निजी विद्यालयको सहभागिता रहेको खेलकुद प्रतियोगिताले विद्यालय स्तरका खेलकुदको विकास हुने अपेक्षा लिइएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद महत्वपूर्ण रहेको बताए । विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलकुदको मात्रै हैन बहुप्रतिभाको विकास हुने बताए । बालबालिकाको शारीरिक, मानसिक, वौद्धिक र संवेगात्मक विकासका लागि खेलकुद अत्यावश्यक रहेको भन्दै खेलकुदलाई हरेक क्षेत्रसँग जोडेर लैजानुपर्ने उनले बताए ।

देशको पहिचान र समृद्धिका लागि खेलक्षेत्रको ठूलो भूमिका रहने भन्दै उनले यस क्षेत्रको विकासका जिल्लास्तरमा सञ्चालन हुने खेलकुदका कार्यक्रमहरू निकै महत्वपूर्ण हुने उनले बताए । जिल्लालाई खेलकुद क्षेत्रमा उत्कृष्ट रूपमा चिनाउन यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

नेशनल प्याब्सन दाङ शाखाका अध्यक्ष बिमल गौतमको सभापतित्वमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खेलकुद प्रतियोगिताको आयोजना गरेर बालबालिकालाई खेलकुद क्षेत्रमा बृहत् सहभागी बनाउनतर्फ अग्रसर भएको बताए ।

बालबालिकाहरूलाई विद्यालयको शैक्षिक गतिविधिहरूसँगै अतिरिक्त क्रियाकलापममा सहभागी गराउन आवश्यक रहेको बताए । उनले अतिरिक्त क्रियाकलपाहरूले विद्यार्थीहरूमा स्फूर्ती ल्याउने र त्यसको प्रभाव विद्यार्थीहरूको पढाइमा देखिने बताए ।

खेल क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतियोगिताले बालबालिकाहरूलाई शारीरिक तन्दुरूस्तीतर्फ पनि आकर्षण गर्ने उनको भनाइ छ । कार्यक्रममा एनप्याब्सनका उपाध्यक्ष सुवोध कुमार डाँगीले जिल्ला शाखाको रचनात्मक कार्यले अन्य शाखाहरूलाई पनि उर्जा थप्ने बताए । उनले एनप्याब्सनले हरेक वर्ष यस्ता खाले प्रतियोगिता गर्दै आएको बताए । उनले अतिरिक्त क्रियाकलापले बालबालिकाको वृद्धि विकासमा टेवा पु¥याउने बताए । प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here