Monday, May 20, 2024
Homeमुख्य खबरतुलसीपुर महोत्सवमा बढ्दै दर्शक

तुलसीपुर महोत्सवमा बढ्दै दर्शक

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर ।
मंसिर २५ गतेदेखि दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवमा दर्शकहरु बढ्न थालेका छन् । एकपछि अर्काे दिन गर्दै दर्शक बढ्दै गएका हुन् । पुस ६ गतेसम्म सञ्चालन हुने लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको बुधबार चौथो दिन उल्लेख्य दर्शकको सहभागिता रहेको थियो ।

महोत्सवभित्र राखिएका स्टलहरुदेखि मनोरञ्जन स्थलसम्म तथा सांस्कृतिक कार्यक्रमसम्ममा दर्शकको बाक्लो उपस्थिति रहेका हुँदा आयोजकलाई समेत हौसला थप हँुदै गएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए । यूथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुरमा पुस्तकालय स्थापनार्थ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

बुधबार गायक रामजी खाँण, मञ्जु पौडेललगायतको प्रस्तुति रहेको थियो । महोत्सवको चौथो दिन पाँच हजार बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ । तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्य छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here