Friday, January 24, 2025
Homeमुख्य खबरतुलसीपुरमा महोत्सवको दोस्रो दिन, संगीतमा झुमे दर्शक

तुलसीपुरमा महोत्सवको दोस्रो दिन, संगीतमा झुमे दर्शक

- Advertisement -spot_img

तुलसीपुर, २७ मंसिर ।
दाङको तुलसीपुरमा महोत्सव जारी रहेको छ । आइतबारदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको सोमबार दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । यूथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भएको छ ।

तुलसीपुरमा पुस्तकालय स्थापनार्थ महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवको दोस्रो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । सोमबार गायक कमल खत्री, चन्द्र शर्मा, प्रेम विवश घर्ती, गायिका सुनिता अधिकारीले प्रस्तुति दिएका थिए । महोत्सवको दोस्रो दिन ३ हजार ५ सय बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सांस्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिए ।

आज खुमन अधिकारी र टिका सानु आउने
तुलसीपुर महोत्सवमा तेस्रो दिन आज मंगलबार चर्चित गायक गायिकाहरु आउने भएका छन् । महोत्सवमा गायक खुमन अधिकारी, गायिका टिका सानु, गायिका मञ्जु पौडेल, मोडल तथा डान्सर अभिषेक खड्कालगायतका कलाकारहरु आउने मूल आयोजक समितिका संयोजक अरुण लहरेले बताए ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यले लिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here