Wednesday, September 11, 2024
Homeफिचरतुलसीपुर महोत्सव आजदेखि, आधुनिक पुस्तकालय स्थापनाको उद्देश्य

तुलसीपुर महोत्सव आजदेखि, आधुनिक पुस्तकालय स्थापनाको उद्देश्य

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २५ मंसिर ।
तुलसीपुर साविक राप्तीकै प्रमुख व्यापारिक केन्द्र हो । बजारमा दिनप्रतिदिन जनघनत्व बढ्दै गएको छ । बढ्दो सहरीकरणसँगै भौतिक सुविधाहरू पनि थपिदै गएका छन् । तर तुलसीपुरमा अहिलेसम्म सार्वजनिक पुस्तकालय छैन् ।

सुन्दर सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्न सार्वजनिक पुस्तकालय आवश्यकता छ । तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापनार्थ यूथ्स अफ तुलसीपुरले अहिले महोत्सव सञ्चालन गर्न लागेको छ । तुलसीपुर–६ इन्द्रनगर टोलमा रहेको जग्गामा आधुनिक पुस्तकालय स्थापनार्थ महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।

‘तुलसीपुरमा अहिलेसम्म पुस्तकालय छैन्’ उनले भने–‘पुस्तकालय निर्माणका लागि नै महोत्सव सञ्चालन गर्न लागेका हौँ ।’ महोत्सवमा करिब २ करोड कारोबार गर्ने र करिब २५ लाख बचत गर्ने उनले बताए । ‘महोत्सव तोकिएकै समयैमा सञ्चालन भएको करिब ५० लाख बचत गर्न सकिने थियो, तर अहिलेको अवस्थामा २५ लाख नोक्सान पनि उठाउँदा २५ लाख बचत गर्न सकिन्छ होला ।’

पुस्ताकालय स्थापना भएपछि पठन संस्कृतिको विकास गर्न सकिने उद्देश्य राखिएको छ । पुस्ताकालय स्थापना गर्नका लागि अहिलेसम्म जग्गामात्रै खरिद भएको छ भने भवन निर्माणको सहयोगार्थ महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सवबाट संकलित रकम अपुग भएपनि पुस्तकालय स्थापना गर्न भवन निर्माणको काम अघि बढ्ने अध्यक्ष लहरेले बताए ।

‘महोत्सवबाट सकेसम्म अपेक्षित रकम संकलन गछौँ, यदि भनेको जति रकम संकलन हुन सकेन भने हामीले अरू सहयोगीदाताबाट भएपनि पुस्तकालय स्थापनाको कामलाई अघि बढाउँछौँ’ उनले भने–‘अहिलेकै महोत्सवलाई सफल बनाउँछौँ, भन्ने मलाई पूर्ण विश्वास पनि छ ।’

महोत्सव आजदेखि
दाङको तुलसीपुरमा आजदेखि प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव सुरू हुन लागेको छ । तुलसीपुर–६ मा आधुनिक पुस्तकालय स्थापनार्थ सञ्चालन हुन लागेको महोत्सवको उद्घाटन दिउँसो १२ बजे हुने भएको हो । महोत्सव सञ्चालनका लागि स्टल व्यवस्थापन, स्टेज तयारी, प्रचारप्रसार लगायतका काम पूरा भएको महोत्सव आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरले जानकारी दिए ।

‘महोत्सव सञ्चालनको लागि सबै तयारी पूरा भइसकेको छ’ उनले भने– ‘महोत्सलाई भव्य र सभ्य रूपमा सफल बनाउँछौँ ।’ महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले गर्ने आयोजकले जनाएको छ । आजदेखि सुरू हुने महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुने भएको हो । महोत्सवमा कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन हुने भएको छ ।

महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको छ भने २५ लाख बचत गरेर पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक यूथ्स अफ तुलसीपुरका अध्यक्ष लहरेले जानकारी दिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको दैनिकजसो प्रस्तुति रहने भएको छ भने युवा व्यवसायी र कृषि उद्यमीलाई स्टल निःशुल्क रहेको छ । ‘युवा व्यवसायीका लागि १० वटा र कृषि उद्यमीका लागि १० वटा स्टल निःशुल्क दिएका छौँ’ उनले भने– ‘जो जसले पनि सम्पर्क गरेर आउन सक्नुहुन्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here