- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeखेलकुदखुम बहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने

खुम बहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने

- Advertisement -spot_img

दाङ, २४ मंसिर ।
आगामी माघ २० गतेदेखि घोराहीमा खुमबहादुर खड्का स्मृति दोस्रो भलिबल प्रतियोगिता हुने भएको छ । दाङका दशवटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली काँग्रेस दाङले गतवर्षदेखि आयोजना गर्न थालेको हो ।

भलिबल प्रतियोगितामा सर्वाधिक २ लाख २५ हजार रूपैयाँको प्रथम पुरस्कार रहेको यस प्रतियोगितामा द्वितीय पुरस्कार १ लाख १२ हजार ५ सय, तृतीय पुरस्कार ५६ हजार २ सय ५० र सान्त्वना स्थान आउनेले १३ हजार ५ रूपैयाँ प्राप्त गर्ने भलिबल प्रतियोगिता आयोजक समितिका संयोजक राजु आचार्यले बताए ।

यसैबीच प्रतियोगिता आयोजक मूल समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ । जस अनुसार खेमराज विकको संयोजकत्वमा सुशीला गुरूङ सदस्य रहेको खेल मैदान तथा मञ्च व्यवस्थापन उपसमिति, तिलक रावतको संयोजकत्वमा दिनेश वली, विक्रम शम्शेर महरा, गोमा गुरूङ र दुर्लभ केसी सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति, विकास बिसीको संयोजकत्वमा बिर्जा चौधरी र लिला खनाल सदस्य रहेको टिम दर्ता तथा प्रशासनिक कार्य व्यवस्थापन समिति, गदुलाल चौधरीको संयोजकत्वमा तिलक रावत र रेख बहादुर रावत सदस्य रहेको पुरस्कार व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै मुल समितिको बैठकले केदारराज श्रेष्ठ संंयोजक र शिब श्रेष्ठ र दिपक पुन सदस्य रहेको प्राविधिक व्यवस्थापन समिति र सन्तोष सुवेदीको संयोजकत्वमा सूचना, सञ्चार तथा समन्वय समिति गठन गरेको छ । बैठकले जिल्लाभरका भलिबल खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्षेत्रको पालिकामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

लुम्बिनी प्रदेशमै सबैभन्दा ठूलो राशीको भलिबल प्रतियोगिता दाङमा सुरू हुन लागेकाले त्यसको तयारीमा लाग्न पालिकाहरूलाई पनि बैठकले अनुरोध गरेको छ । बैठक मूल समितिका संयोजक राजु आचार्यको अध्यक्षता एवं नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आथित्यतामा बसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here