- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsलुम्बिनीको स्थायी राजधानी दाङ, राजधानी स्थानमै सारियो मुख्यालय

लुम्बिनीको स्थायी राजधानी दाङ, राजधानी स्थानमै सारियो मुख्यालय

- Advertisement -spot_img

दाङ, २१ मंसिर ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेशको मुख्यालय सारिएको छ । राप्ती उपत्यका लालमटियामा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय मंगलबार सारिएको हो । यसअघि बुटवलका रहेको थियो ।

प्रदेश नम्बर ५ को सदनले ०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका दाङ तोकेको थियो । स्थानीय राजधानी दाङ तोकिएको भएपनि अहिलेसम्म मुकाम बुटवल भनेर प्रदेशको मुख्यालय सञ्चालन हुँदै आएको थियो । मन्त्रालयहरू पनि बुटवलबाटै सञ्चालनमा थिए ।

प्रदेशमा नयाँ जनप्रतिनिधि आए पनि दुई वर्षअघिको निर्णयलाई कार्यान्वयन गराउन मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालका स्थानीय राजधानीमा कार्यालय सारेर कार्यसम्पादन सुरू गरेका छन् । त्यतिबेला प्रदेश सभाको दुईतिहाई बहुमतले दाङलाई राजधानी तोकेको थियो ।

मुकामको रूपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मंगलबार बिहान दाङ सारिएको हो । सोमबार बुटवलबाट नै कार्यसम्पादन भएकोमा मंगलबार राप्ती उपत्यकाका कार्यालयका सामग्रीहरू सारिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयसहित अन्य मन्त्रालय र निकायको लागि राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार रहेको क्षेत्र प्रदेश सरकारले मातहतमा लिएको छ ।

निर्वाचन लगत्तै तयारी गरिए पनि केही ढिला गरी राजधानी सारिएको हो । स्थायी पूर्वाधार बनाएर मात्रै मन्त्रालयहरू दाङ सार्न भन्दै रूपन्देहीका एमाले र काँग्रेसका नेताहरूले केही दिनदेखि विरोध गरिरहेका थिए । बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सम्पूर्ण सामग्रीहरू दाङ सारिएपछि अब दाङबाट नै काम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

स्थायी राजधानी क्षेत्रमा यसअघि दुईवटा मन्त्रालय स्थापना भएर कार्यसम्पादन गर्दै आएका छन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय स्थापना भइसकेका छन् । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले त स्थायी राजधानीमै रहेको मन्त्रालयमा मन्त्रीको पदभार ग्रहण गरेका थिए । अहिले स्थायी राजधानी क्षेत्रमा रहेका शिक्षालयका सम्पूर्ण पूर्वाधारहरू मर्मत र रङरोगन भइरहेको छ भने मुख्यमन्त्री कार्यालय लगभक पूर्णरूपमा तयार पारिसकिएको छ ।

०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको दुईतिहाई बहुमतले घोषणा गरिएको थियो । त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै घोषणा भएको दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण गर्न आलटाल गरिएको थियो । अहिले पनि केही मन्त्रालय बुटवलमै रहेका छन् ।

तर मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकालमै राजधानी स्थानान्तरण गर्ने प्रतिवद्धता जनाइरहेका थिए । सोही अनुसार मुख्यमन्त्रीले मुख्यालयलाई स्थायी राजधानीमा सारेको बताए भने अन्य मन्त्रालयहरू राप्ती उपत्यका स्थानान्तरण गर्ने कामले समेत तीब्रता पाएको छ ।

राप्ती प्राविधिक शिक्षालयमा प्रदेश सभाको नयाँ भवन निर्माण गरिएको छ । राप्ती प्राविधिक शिक्षालयलाई गढवामा स्थानान्तरण भएको छ । प्रदेश प्रशासनिक परिसरभित्र प्रदेश सभा भवन, प्रदेश सभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरू रहेका छन् । मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित आठवटा मन्त्रालय राखिनेछ । अन्य भने मन्त्रालय भने परिसर बाहिर राखिने छ ।

त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने छ । राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी साना–ठूला भवनहरू छन् । यही परिसरभित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गरेको छ । १८ बिघा क्षेत्रफलमा रहेको स्थायी राजधानीको क्षेत्रमा नयाँ पूर्वाधार निर्माणको काम पनि सँगै लिइएको छ ।

दशवटा मन्त्रालयका भवन निर्माण गर्न ठेक्का सम्झौतासमेत भइसकेको छ भने त्यसको व्यवस्थापन प्रदेश राजधानी पूर्वाधार कार्यान्वयन इकाईले गरिरहेको छ ।

पुसको पहिलो साता प्रदेश सभा सदस्यहरूको लागि सपथग्रहणको कार्यक्रम तय गरिएको छ । नवनिर्वाचित सांसदहरूलाई स्थायी राजधानीमा बनेको प्रदेश सभा भवनमा सथप ग्रहण गराइने संसद सचिवालयले जनाएको छ । सभाहलको काम सम्पन्न भइसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here