- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरबालबालिकालाई शैक्षिक सामग्री

बालबालिकालाई शैक्षिक सामग्री

- Advertisement -spot_img

दाङ, २१ मंसिर ।
पश्चिम दाङको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरिएको छ । दंगीशरण गाउँपालिका–६ श्रीगाउँस्थित सिद्धपृथ्वी जनता माविमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

चाइना फाउण्डेशन रूलर डेभलप्मेन्टको आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाईटी एजुकेशन (वेस) को समन्वयमा विद्यालयमा अध्ययनरत २ सय २६ जना विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य साम्रगी वितरण गरिएको हो ।

मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाधर वलीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा बालविकास कक्षादेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, स्टेशनरी बाकस, साबुन, मन्जन, ब्रससहितको साम्रगीहरू वितरण गरिएको हो ।

बेस संस्थाकी कार्यक्रम निर्देशक पिंकी डाँगीले प्रतिविद्यार्थी १ हजार ९ सय ७२ रूपैयाँका दरले विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको जानकारी दिइन् । सिद्धपृथ्वीका २ सय २६ जनासहित दंगीशरणका विभिन्न विद्यालयका १ हजार १ सय ५१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री गरिने कार्यक्रम रहेको उनले बताइन् ।

उनले विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई ध्यानमा राख्दै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी विद्यालय जानबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक तथा स्वास्थ्य सामग्री वितरणसँगै विद्यालयहरूमा दिवा खाजाको कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

तुलसीपुर, दंगीशरण र शान्तिनगर गरी तीनवटा पालिकाका ११ वटा विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको बताइन् । विद्यालयहरूमा शैक्षिक कार्यक्रमहरूका साथसाथै सीमान्तकृत, पिछडिएका र कोभिड प्रभावित ८० जना युवाहरूलाई व्यावसायिक तालिमसमेत प्रदान गर्दै आएको बताइन् । बेस संस्थाले वि.सं. २०४२ सालदेखि दाङमा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जनका क्षेत्रमा विभिन्न परियोजनाका कार्यक्रमहरू गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा बेस संस्थाका जिल्ला अध्यक्ष महावीर चौधरीले विद्यार्थीहरूका लागि वितरण गरिएको शैक्षिक तथा स्वास्थ्य सामग्रीहरूले उनीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए । कापी, कलम र झोला नहुँदा विद्यालय जान नसकेका विद्यार्थीहरूका लागि यसले ठूलो सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा बेस संस्थाको ठूलो योगदान रहेको बताए । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको संख्या कम हुँदै गइरहेको समयमा यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको संख्या बढ्दै जाने र शैक्षिक क्रियाकलापहरूलाई थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको उनले बताए ।

गैरसरकारी संघसंस्थाहरूको सहयोगमा मात्रै आश्रित नभई विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक, विद्यालय र विद्यालय व्यवस्थापन समितिहरू सशक्त भएर लाग्न आवश्यक रहेको बताए । गाउँपालिकाको शैक्षिक अवस्थालाई सुधार गर्न पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउँदै आएको उनले बताए ।

कार्यक्रममा पत्रकार गोपाल शर्मा भट्टराईले सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारका लागि यस्ता कार्यक्रमले महत्व राख्ने बताए । उनले आयोजक संस्था बेसले महत्वपूर्ण भूमिका खेलेको आएकामा अहिलेको विद्यालयमा केन्द्रित कार्यक्रमले बढी महत्व राख्ने बताए । कार्यक्रकमले विपन्न बालबालिकाहरूलाई विद्यालयसम्म पु¥याउन सहज हुने बताए ।

बेसले स्थापनादेखि नै शैक्षिक गतिविधिलाई मुख्य प्राथमिकतामा राखेर दाङ, बाँके, बर्दियालगायतका क्षेत्रहरूमा समेत कार्यक्रमहरू गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक हर्क बहादुर केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक गुरूप्रसाद गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here