- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारनयाँ संसद

नयाँ संसद

- Advertisement -spot_img

आमनिर्वाचन पूर्णरूपमा सकिएको छ । प्रत्यक्षतर्फको सबै नतिजा आइसकेको छ भने समानुपातिकको मतगणना सकिएको छ । आयोगले समानुपातिकको सिट बाँडफाँट गर्ने तयारीमा देखिन्छ । प्रतिनिधि सभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट १ सय ६५ संसदहरू चुनिएका छन् भने ३ सय ३० प्रदेश सांसदहरू चुनिएका छन् । आमनिर्वाचनको नतिजा हेर्दा नेपाली काँग्रेस पहिलो ठूलो दलको रूपमा देखिएको छ ।

एमाले दोस्रो ठूलो दलको रूपमा छ । माओवादी केन्द्र तेस्रो र यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो दलको अस्तित्वमा देखिएका छन् । प्रत्यक्षतर्फको नतिजाले दलहरूको आकार प्रकार तय गरिसकेकोे अवस्थामा समानुपातिको अवस्था पनि त्यहि अनुसारको रहनु स्वभाविक । सबै क्षेत्रबाट संसद चुनिएसँगै दलका ठूला नेता र राजनीतिक दलहरू सरकार गठनको गृहकार्यमा जुटेका छन् ।

समानुपातिक मतमा ठूला दलहरू खुम्चिएका छन् । आमनिर्वाचन २०७९ले ठूला राजनीतिक दलको समानुपातिक मत २०७४ भन्दा घटाएको देखिन्छ भने नयाँ राजनीतिक दलहरूलाई फलिफाप भएको नतिजाले प्रष्ट्र पारेको छ । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको यो निर्वाचनमा समानुपातिकतर्फ १६ लाखभन्दा बढी मत घटेको छ । यद्यपि नेपालमा मतदाता भने बढेको देखिन्छ । यो अवस्थालाई हेर्दा ठूला राजनीतिक दलहरू खुम्चदै गएको देखिन्छ ।

यो अवस्था आउनु भनेको पुराना दलहरूप्रतिको अविश्वास बढ्दै गएको होकी भन्ने आशंका गर्न सहजै सकिन्छ । नयाँ केही दलको उदय र पुरानाको खस्कदो विश्वासले आमनागरिकमा दल र उम्मेदवारहरूमा परिवर्तन खोजेको आभास देखिन्छ । राजनीतिक दलहरूले आमनागरिकको यो पक्षलाई ख्याल गरेर नयाँ रणनीति बनाउनु नै पर्ने बाध्यात्मक अवस्था आगामी चुनावसम्म नआउला भन्न पनि सकिदैन । नयाँ नेतृत्वदेखि नयाँ अनुहारका संसदको खोजीले मतदाताहरूको भावलाई दलहरूले आत्मसात् गर्नु नै पर्छ ।

निर्वाचन सकिएसँगै संघ र प्रदेशमा सरकार गठनको चर्चा सुरू हुनु स्वभाविक छ । अहिले सत्ता गठबन्धन र प्रतिपक्ष गठबन्धनको चलखेल सरकार गठनमा सुरू भएको छ । सत्ता गठबन्धन कायम रहेमा संघीय सरकार र सबै प्रदेश सरकार गठबन्धनकै हुने देखिन्छ । सत्ता गठबन्धन कायम नरहेका नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना हुन्छ । तसर्थ सरकारको गठन र नेतृत्वको बहसले कसलाई सफल र कसलाई असफल बनाउने हो त्यो हेर्न भने बाँकी छ । जे भए पनि जनताले निर्वाचित गरेर पठाएका संसदहरूले जनताको भावनानुसार काम गर्न सकून् र जनताको मन जित्नेतर्फ अग्रसर बनून् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here