- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsतुलसीपुरमा सधैं मेला विवाद

तुलसीपुरमा सधैं मेला विवाद

- Advertisement -spot_img

जीतसागर जी.एम.


मेला महोत्सवको विषयले तुलसीपुर विभिन्न समयमा चर्चामा आउँछ । पछिल्लो समय युथ्स अफ तुलसीपुरले सञ्चालन गर्न लागेको महोत्सव व्यवसायीको विरोधले केही दिन स्थगित भएको छ । महोत्सव लगाउने स्थानीय सरकारसँग स्पष्ट कार्यविधि नहुँदा मेला लगाउने र नलगाउने बीचमा विवादसमेत सिर्जना हुने गरेको छ । यसअघि २०७४ सालमा राप्ती बहिरा संघले लगाउन लागेको महोत्सव व्यवसायीकै विरोधका कारण स्थगित भयो । गतवर्ष चेम्बर अफ कमर्शको मेला भने तुलसीपुर उद्योग वाणिज्य संघको विरोधका बीचमा सञ्चालन भयो । मेला सञ्चालनका लागि विभिन्न समयमा हुने विवादको निराकरण हुन सकेको छैन । मेला महोत्सव सञ्चालन गर्न किन समस्या देखिन्छन् ? भनेर प्रदेश टुडे दैनिकको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालालाई ल्याएका छौं । – सम्पादक


कार्यविधिमा रहेर काम गर्दा राम्रो


तुलसीपुरमा मेला महोत्सव लगाउने विषयमा देखिएको विवादले नयाँ सिकाइ भएको छ । अब मेला महोत्सवका लागि पनि कार्यविधि आवश्यक छ भन्ने पछिल्लो सिकाइ भएको छ । तुलसीपुरमा यसअघि पनि यस्तै किसिमको समस्या आएको रहेछ । २०७४ सालमा देखिएको समस्याबाट कार्यविधि निर्माण गरेर समाधान गर्नुपर्ने ठाउँमा त्यो भएको रहेन छ ।

कार्यविधि नभएकै कारण कसले मेला लगाउने ? कस्तो प्रकृतिको मेला लगाउने आवश्यक जानकारी नहुँदा पछिल्लो विवाद देखिएको हो । पछिल्लो समय भएको समस्याले अब कार्यविधि बनाएर अघि बढ्नुको विकल्प छैन् भन्ने स्पष्ट पारेको छ ।
हामीले कसले मेला लगाउन हुने वा कसले मेला लगाउन नहुने भन्ने हुँदैन । तर तुलसीपुरमा पछिल्लो समय देखिएको समस्या समाधान गर्नैपर्ने बाध्यता पनि थियो । मेलाकै कारण अरू समस्या नआवस् भनेर नै हामी निकै गम्भीर भएका हौँ ।

हाम्रो काम मेला रोक्नेभन्दा पनि अन्य विभिन्न किसिमको दुर्घटनाबाट बचाउने हो । मेला लगाउने र लगाउन हुँदैन पक्षबीच थप समस्या आउन नदिनका लागि हामीहरू गम्भीर भएर नै अब समस्या समाधानको अर्को बाटोमा लागेका छौँ ।
जिल्ला प्रशासन कार्यालयले कसैलाई मेला लगाउनबाट बन्चित पनि गराउने उद्देश्य होइन् ।

तर व्यवसायीको असन्तुष्टिका बीचमा तुलसीपुरमा समस्या देखिने स्थिति सिर्जना भएपछि समस्या आउन नदिन हामीले पनि समन्वयकारी भूमिका निर्वाह गरेका हौँ । हाम्रो चाहना मेला महोत्सवकै कारण एक–अर्काको मन अशान्त बनाउनु हुँदैन् भन्ने हो । यस्तो किसिमको समस्या यसअघि पनि आएका कारण अब पनि फेरि उहि समस्या दोहोरिन नदिनका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका कार्यविधि निर्माण गर्दैछ ।

कार्यविधिमा रहेर काम गर्दा आगामी दिनमा काम गर्न कुनै किसिमको समस्या आउँदैन् भन्नेमा हामी विश्वस्त छौँ । कसले मेला महोत्सव लगाउन पाउने, कसले महोत्सव लगाउन नपाउने, मेला महोत्सवको संरचना कस्तो हुने, महोत्सव कति दिनसम्म लगाउन पाउने कार्यविधिमा स्पष्ट आउने छ ।

मेला महोत्सवकै कारण कुनै पनि समुदायबीचमा समस्या उत्पन्न हुनहुँदैन् । समन्वय र सहमतिबिना मेला महोत्सव सञ्चालन गर्दा भोलिका दिनमा जटिलता आउने सक्ने स्थितिलाई नै मध्यनजर गरेर अहिले तुलसीपुरको महोत्सव स्थगित गरिएको होला तर जिल्ला प्रशासन कार्यालयले रोकेको होइन् । स्थानीय सरकारले महोत्सव रोक्नका लागि सिफारिस पठाएपछि हामीले पनि मेला रोक्न आदेश दिएका हौँ ।

अहिलेको मेला महोत्सव सञ्चालनमा व्यवसायीको असहमति भयो र सोहीबमोजिम तुलसीपुर उपमहानगरपालिकाले हामीकहाँ मेला स्थगनका लागि पत्राचार गरेपछि अहिलेको स्थिति आएको हो । नीति नियममा रहेर काम गर्न कसैलाई रोकावट हुने कुरा भएन । कतिपय कुरा स्पष्ट व्यवस्था नहुँदा पनि अहिलेको यो स्थितिसम्म आइपुगेको हो । विगतका अनुभवबाट सिक्दै आगामी दिनमा समस्या आउन नदिनका लागि कार्यविधि निर्माणमा तुलसीपुर उपमहानगर–पालिकाले चासो दिनुपर्छ । कार्यविधिमै टेकेर अघि बढ्दा अहिलेको जस्तो समस्या फेरि दोहोरिदैन ।


व्यावसायिक मेला अरूले लगाउन हुँदैन


व्यवसायी मेला महोत्सव व्यवसायीक संघसंस्थाबाहेक अरूले लगाउनु गलत हो । यो विषयमा विगतका वर्षमा समस्या देखिदा कार्यविधि बनाएर अघि बढ्ने स्थानीय सरकार तुलसीपुर उपमहानगर–पालिकासँग सहमति पनि भएको हो । तर यस बीचमा मेला महोत्सव सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माणमा स्थानीय सरकारको ध्यान पुग्न सकेन् । जसका कारण अहिले पछिल्लो समय युथ्स अफ तुलसीपुरले मेला महोत्सव सञ्चालन गर्दा समस्या देखिएको छ ।

तुलसीपुरमा मेला महोत्सवकै कारण विवाद सिर्जना हुने स्थिति सदाको लागि अन्त्य गर्नका लागि अब तत्काल कार्यविधि बनाएर अघि बढ्नुको विकल्प छैन्  । व्यावसायिक संघ संगठन र सरोकारवाला बसेर मेला महोत्सवका लागि कार्यविधि निर्माण गर्नुपर्ने प्रमुख आवश्यकता हो । कसले मेला लगाउन पाउने, कुन विधिमा रहेर मेला लगाउन पाउने, कस्तो प्रयोजनका लागि मेला लगाउन पाउने कुरा कार्यविधिले स्पष्ट पार्नुपर्छ ।

व्यावसायिक मेला महोत्सव अरू क्लवले सञ्चालन गर्दा व्यवसायी धरापमा जाने स्थिति छ । कोरोना महामारीले थिलोथिलो स्थितिमा पुगको व्यवसायी फेरि मेला महोत्सवकै कारण सटर बन्द गर्नुपर्ने स्थिति अन्त्य गर्नका लागि अहिले हाम्रो विरोध हो । व्यवसायीको हकहितका लागि लाग्ने तुलसीपुर उद्योग वाणिज्य संघले कोहि व्यक्तिप्रति लक्षित गरेर मेलाको विरोध गरेको होइन् ।

हामीले व्यवसायीलाई धरासयी बनाउने स्थितिको अन्त्य गरियोस् भन्नका लागि अहिलेको मेलाको विरोध जनाएका हौँ । अब कार्यविधि नबन्दासम्म कसैले मेला लगाउन पाउँदैन् भन्ने एक किसिमको सहमति पनि भएको छ । त्यो सहमति भएपछि अहिले व्यवसायीको आन्दोलन स्थगित गरेका छौँ ।

मेला महोत्सवकै कारण व्यक्तिगतरूपमा कसैप्रति हाम्रो इगो छैन् । तर जसले पायो त्यसले मेला लगाउने प्रवृत्तिका कारण हामी व्यवसायी मारमा परेका छौँ । यस्तो किसिमको समस्या गतवर्ष पनि देखिएको थियो, त्यो बेलामा चेम्बर अफ कमर्शले मेला लगाउँदा हाम्रो विरोध थिएन् । तर समय ठीक भएन भन्ने हाम्रो माग थियो । व्यावसायिक संघसंस्थाले मेला महोत्सव सञ्चालन गर्न पाउँछन् । तर व्यवसायीको हकहितकै लागि खोलिएका संघसंस्थाले व्यवसायीलाई नै धरापमा पार्ने स्थिति पनि ल्याउनु हुँदैन् भन्ने हाम्रो चाहना हो ।

चेम्बर अफ कमर्शले मेला लगाउँदा अरू कुरामा हाम्रो अरू असहमति थिएन् । तर पछिल्लो समय क्लवले पनि मेला महोत्सव सञ्चालन गर्नु भनेको पटक्कै व्यवसायी हितको लागि थिएन । यसकारण पनि व्यवसायी सशक्त रूपमा उत्रनुपरेको हो । क्लवले व्यावसायिक महोत्सव लगाउने अधिकार छैन् । तुलसीपुरकै व्यवसायीलाई धरासयी बनाएर तुलसीपुरमा क्लवले मेला लगाउनु राम्रो होइन् । यसमा पछिल्लो समय अहिलेको स्थिति आउनुुमा तुलसीपुर उपमहानगरपालिका अझ बढी जिम्मेवार छ ।

कम्तिमा पनि स्थानीय सरकारले क्लबलाई अनुमति दिनुभन्दा पहिला क्लवको विधान हेर्नुपथ्र्यो । त्यसमा स्पष्ट भएको भएको अहिलेको स्थिति सिर्जना हुने थिएन् । अब त्यो नहोस भन्ने चाहन्छौँ हामी व्यवसायी । एउटा कुनै उद्देश्य प्राप्तीका लागि व्यावसायिक मेला लगाउने अधिकार कसलाई दिने वा नदिने स्थानीय सरकारले स्पष्टता पार्नुपर्छ ।

स्थानीय सरकार नै अलमल हुँदा हामी एकअर्कामा बाझिनुपर्ने अवस्था आयो । तर यसलाई सहजरूपमा लिनुपर्छ । किनकी हामीले कसैको व्यक्तिगत रूपमा विरोध गरेका हैनौँ । संस्थागत रूपमा विरोध जनाउँदा उहाँहरूले त्यस्तो रूपमा लिनुहुन्न ।

अब यसलाई दीर्घकालिन रूपमा समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालयसहित स्थानीय सरकार र व्यवसायी बसेर आवश्यक कार्यविधि गर्नतर्फ स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गरेका छौँ । समस्या आउँछन्, त्यसलाई समाधान गरेर फेरि उस्तै किसिमको समस्या दोहोरिनुहुँदैन् ।

अहिलेको समस्या पहिलोपटक आएको समस्या भने होइन् । यसअघि नै आएको समस्यालाई हामीले पनि सम्बन्धित निकायलाई खबरदारी गर्न केही कम भयो होला, सम्बन्धित निकाय स्थानीय सरकारले पनि गम्भीरतापूर्वक लिन सकेन् । यसका लागि अब यो समस्या नदोहोरियोस् भनेर हामी व्यवसायीले पालिकालाई जागरूक गराउँछौँ ।


सबैको सुझाव समेटौँ


तुलसीपुरमा मेला महोत्सव लगाउने विषयमा विवाद, असन्तुष्टी भएको यो पहिलो पटक होइन् । यसअघि पनि २०७४ सालतिर यस्तै समस्या आएको हो । गतवर्ष पनि यस्तै किसिमको समस्या आएको थियो । अब अहिले स्वयं म पनि यस्तो किसिमको समस्यामा परेँ । मेला महोत्सव लगाउने विषयमै तुलसीपुर विभाजित हुनुपर्ने अवस्था आउनुमा धेरै होलान्, तर मेरो अनुभव के रह्यो भने तुलसीपुर उपमहानगर–पालिकाभित्र मेला महोत्सव लगाउनका लागि कार्यविधि नै छैन् ।

कार्यविधि भएको भए अहिले हामीले यस्तो किसिमको समस्या बेहोर्नु पर्दैन थियो होला । तर कार्यविधि नहुँदा अहिले व्यवसायी र हामी युवाबीचमा समस्या उत्पन्न भयो । स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले अब तत्कालै कार्यविधि बनाउनुको विकल्प नै छैन् । कार्यविधि बनाउँदा एउटा संघसंस्थाभन्दा पनि सबै पक्ष (स्थानीय व्यवसायी, चेम्बर अफ कमर्श, तुलसीपुर उद्योग वाणिज्य संघ, विभिन्न क्लव, संघसंस्था) बीच समन्वय हुनुपर्छ । अन्तिम समयमा आएर मेला स्थिगित गर्नुपर्दा निकै दुखिद छौँ ।

अहिलेको स्थितिले तुलसीपुरलाई अराजकतातर्फ धकेलिरहेको छ । एउटाले मेला लगाउदा अर्कोले विरोध गर्ने प्रवृत्तिको हाबी हुन थालेपछि अराजकताको स्थितिमा पुग्ने देखिन्छ । कुनै पनि उद्देश्य बोकेर मेला महोत्सव लगाउनु नराम्रो होइन्, तर त्यसो देखिएन । एकले अर्कोको राम्रो कामको सपोर्ट गर्नुको साटो विरोध नै गर्नुपर्छ भन्ने मानसिकता राम्रो होइन । हामी युवाको कामलाई साथ र सहयोग गर्नुको साटो विरोध भयो ।

हामीले लिएको उद्देश्य नराम्रो थिएन् । तुलसीपुरमा पठन संस्कृतिको विकास गर्न पुस्तकालय बनाउने उद्देश्यका साथ मेला महोत्सव सञ्चालन गरेर रकम संकलन गर्ने र त्यसबाटै पुस्तकालय स्थापना गर्ने उद्देश्य थियो । तर अब त्यो उद्देश्यमा पुग्न कठिन स्थिति सिर्जना भयो ।

अब तत्काल केही कुरा संशोधन गरेर मेला सञ्चालन गर्ने कुरा पनि म जानकारी गराउन चाहन्छु । कसले कसरी मेला लगाउन पाउने भन्ने कार्यविधि निर्माणको काम अघि बढ्दै गर्छ तर हामीले मेला अहिले पनि केही संशोधन सञ्चालन गर्छौ ।

मेला लगाउने स्वतन्त्रलाई परिधिमा बाँध्नु राम्रो होइन् । मेला लगाउने अधिकार कार्यविधिमै स्पष्ट हुनुपर्छ । तर कुरा केहो भने कुनै पनि संघसंस्थाले केही गर्न खोज्दा सधैँ रोक्न खोज्ने कार्य राम्रो होइन् । यसको अन्त्य गर्नुको विकल्प भनेको नै कार्यविधि गराउनु मूख्य कुरा हो । कार्यविधिमा भएका स्पष्ट कुराले आगामी दिनमा अहिलेको जस्तो थप समस्या आउने दिनेछैन् ।

हामीलाई कसले के ग¥यो भन्नेमा हामी छैनौँ । हामी अर्काको विरोध पनि गर्दैनौ र हामीलाई अरूको सरोकार पनि छैन् । हामीले केसका लागि गर्दैछौँ भन्नेमा हामी स्पष्ट छौँ, त्यसमै अघि बढ्छौँ । अहिले हामी अघि बढ्दै गर्दा समयमै महोत्सव लगाउन नपाउँदा सोचजस्तो प्रगति हासिल गर्न सकिदैन् ।

सही समयमा मेला हुन्थ्यो, सोचेको काम पूरा हुन सक्थ्यो तर अहिले त्यस्तो अवस्था देखिएन । तर जतिसक्छौँ, हामी गछौँ । सबै आमनागरिकले हाम्रो उद्देश्यको बारेमा बुझ्नुहुन्छ । तुलसीपुरमा मेला महोत्सव हुँदा देखिने स्थितिको सदाका लागि अन्त्य गर्नुपर्छ ।

एउटै समुदाय र समाजभित्रका नागरिकले एकले अर्कोको विरोध गर्नु भनेको तुलसीपुरको हित हुँदैन् । तुलसीपुरलाई समृद्ध बनाउनु छ । त्यसले पनि तुलसीपुरमा एकअर्काको विरोधभन्दा पनि आपस सद्भावका साथ मेला महोत्सव सञ्चालन गर्ने वातावरण सम्बन्धित निकायले गम्भीरता लिनुपर्छ ।

समस्यालाई झन् बल्झाउने होइन्, समस्यालाई समाधान गर्ने उपायको खोजीका लागि तुलसीपुर उपमहानगरपालिका गम्भीर बन्नुपर्छ । फेरि आगामी दिनमा अहिले देखिएको समस्या नदोहोरियोस् भन्ने मेरोभन्दा पनि आमनागरिकको चाहना छ । मेला महोत्सवकै कारण एकआपसमा विवाद सिर्जना गर्ने कामको अन्त्य गरिनुपर्छ ।


कार्यविधि नबन्दा समस्या


व्यवसायीलाई धरापमा पार्ने गरी व्यावसायिक मेला, महोत्सव गर्न हुँदैन भन्ने हाम्रो माग हो । तुलसीपुरमा बिगत करिब पाँच वर्ष अघिदेखि यस्तो किसिमको समस्या देखिएको छ । तर यसको निराकरण हुन नसकिरहेको अवस्था छ । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकामा पनि एउटा क्लवले व्यावसायिक मेला लगाउन लागिरहेको अवस्थामा व्यवसायी आन्दोलित हुनुप¥यो । व्यवसायीका आफ्नै समस्या छन् । अहिले कोरोना अघिजस्तो व्यापार व्यवसाय पनि छैन् । व्यवसायी धरापमा परिरहेको अवस्थामा व्यापारिक मेला महोत्सव सञ्चालन हुँदा थप समस्या निम्तिने अवस्था छ ।

मेलामा बाहिरबाट व्यवसायी आउँदा झनै समस्या हुन्छ । व्यवसायी आन्दोलित हुनुमा तुलसीपुर उपमहानगरपालिकाको पनि कमजोरी देखिन्छ । मेला महोत्सवको अनुमति दिँदा स्थानीय सरकारले ध्यान दिएको भए अहिले हामीहरू बाँझिनुपर्ने अवस्था आउने थिएन । क्लवको विधानमा त्यस्तो किसिमको मेला लगाउन सक्ने व्यवस्था छ कि छैन् ।

व्यावसायिक मेला एउटा क्लवलाई अनुमति दिँदा ध्यान पुग्नुपर्दथ्यो तर पनि यसैलाई ठूलै बनाएर आत्तिनुपर्ने अवस्था पनि छैन् । अहिले एक किसिमको सहमतिले उहाँहरूले मेला स्थगित गर्नुभयो । तर यसले केही असमझदारी गरेको छ । तुलसीपुरमा यस्तो किसिमको समस्या फेरि पनि आउनुहुँदैन भन्ने आम व्यवसायीको चाहना हो ।

यसका लागि अब देखि कसरी मेला सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक कार्यविधि निर्माण गर्नतर्फ चासो देखिनुपर्छ । विगतमा देखिएका समस्यालाई ख्याल गरेको भए अहिलेसम्म कार्यविधि निर्माण भइसक्थ्यो र अहिले समस्या आउने थिएन । कसले कस्तो प्रकृतिको मेला महोत्सव लगाउन पाउने स्पष्ट कार्यविधि आएपछि आगामी दिनमा फेरि पनि अहिलेको समस्या आउँदैन् ।

उद्योगी, व्यवसायीबाहेक अरू संघ, संस्थाले व्यावसायिक मेला लगाउनुहुँदैन । क्लवहरूले मेला लगाउँदा व्यवसायी धरासयी बन्ने स्थिति छ । व्यवसायीले लगाउने व्यावसायिक मेला क्लवलाई अनुमति दिनुहुँदैन् । क्लवले अन्य सांस्कृतिक मेला लगाउन सक्छ । अब कार्यपालिकाले कार्यविधि पास गरेपछिमात्रै व्यावसायिक मेला महोत्सव सञ्चालन गर्न सकिन्छ ।

कार्यविधि निर्माणका लागि व्यवसायी लगायत सरोकारवालाको सुझाव समेट्नुपर्छ । यसका लागि तुलसीपुर उपमहानगरपालिकाले पनि आवश्यक तयारी गरेको होला । यसअघि यस्तै किसिमको समस्या देखिएको थियो । त्यो समस्या अहिल फेरि देखियो । यस्तो किसिमको समस्या आगामी दिनमा आउनका लागि मेला लगाउने कार्यविधि बनाउनु अहिलेको आवश्यकता हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here