- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरचालकको गुनासो, ‘हाम्रो बिमासमेत छैन’

चालकको गुनासो, ‘हाम्रो बिमासमेत छैन’

- Advertisement -spot_img

दाङ, २० मंसिर ।
दाङका सवारी चालकहरूले बिमाविना नै सवारी साधन चलाउनु परेको बताएका छन् । सरकारी तथा सार्वजनिक सवारी चालकहरूले आफूहरूको बिमा नहुँदा जीवन नै जोखिममा राखेर सवारी साधन चलाउनु परेको गुनासो गरेका हुन् ।

उनीहरूले चालकहरूको बिमा गरिदिन सरोकारवालाहरूलाई मागसमेत गरेका छन् । सरकारी चालकहरूमा यो समस्या बढी देखिएको उनीहरूको गुनासो छ ।

लुम्बिनी प्रदेश सरकार श्रम तथा यातायता ब्यवस्था मन्त्रालयले दाङको तुलसीपुरमा आयोजना गरेको सवारी चालक अभिवृद्धि सचेतना कार्यक्रममा सहभागी यस क्षेत्रका सवारी चालकहरूले यस्तो बताएका हुन् । तुलसीपुर उपमहानगर–पालिकाका हलुका सवारी चालक हेमराज भुसालले बिमाविना नै सवारी चलाउनु परेको बताए ।

उनले स्थानीय सरकारले बिमा गरिदिनुपर्ने भए पनि सुनुवाइ नभएको गुनासो गरे । ‘चालकको बिमा छैन’, उनले भने, ‘खुकुरीको धारमा रहेर हिडेका छाँै, बिमा भइदिए सुरक्षित महसुस हुने थियो जोखिम बढी छ, हाम्रो समस्या कसैले बुझिदिदैनन् ।’ चालकहरूले ट्राफिक नियम पालना गर्दा साना सवारीहरू ठूला सवारी साधनको चेपुवामा पर्ने गरेको समेत बताए ।

चालक हरि अधिकारीले यातायात कार्यालयबाट देशभरीकै रूट प्रमिट लिने व्यवस्था गरिनुपर्ने बताए । मन्त्रालयका सचिव दीपकराज नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले यातायात व्यवस्थापनमा सुधार आउनुपर्ने, स्मार्ट कार्ड समयमै उपलब्ध गराइनु पर्ने, पार्किङ व्यवस्थापन हुनुपर्ने, कार्यालयको सेवाप्रवाह प्रभावकारी गराइनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समन्वय सहकार्य र सहभागितालाई आत्मसात् गरेर जान सक्ने हो भने सबै सहज हुने बताए । उनले चालकको लापरवाहीले सवारी दुर्घटना बढी हुने गरे पनि सडकको अवस्था र यात्रुहरूले समेत सचेतना अपनाउनु पर्ने बताए ।

‘अहिले पनि सडकको दुरावस्था छ’, उनले भने, ‘त्यसमा २०–३० वर्षका अल्लारे चालकहरूका कारण पनि सवारी दुर्घटना भएको देखिन्छ । दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले प्रहरीले ट्राफिक सचेतना बढाइ रहेको जानकारी दिए । सचेतनाका लागि सवारी सरोकारवालाहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताए । उनले नीति नियमको पालना मात्रै गर्न सकेपनि धेरै कुराको न्यूनीकरण हुने बताए ।

वलीले दाङमा नक्कली चालकहरू दुर्घटना पछि खडा हुने हुँदा नयाँ चुनौतीहरू देखिने गरेको बताए । तुलसीपुर उपमहानगर–पालिकाका उपप्रमुख स्यानी चौधरीले स्थानीय ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार सक्रिय रहेको बताइन् । उनले दुर्घटना न्यूनीकरणका लागि सवारी चालक अनुमति–पत्र वितरण प्रक्रियामा कडाई गरिनुपर्ने बताइन । यसमा पढाइको समेत महत्व हुने भएको हुँदा कक्षा १२ सम्मको अध्ययन अनिवार्य गरिनुपर्ने बताइन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुख कालिदास बस्यालले सेवाग्राहीलाई सहजता खोजेर कार्यालयले सेवा प्रवाह गरिरहेको बताए । उनले व्यवस्थापकीय पक्षलाई क्रमिकरूमा कार्यालयले सुधार गरेर लगिरहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत विष्णुकुमारी आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा चालकहरूलाई ट्राफिक नियम र सवारीको अवस्थाको बारेमा प्रशिक्षण दिइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here