दाङ, १८ मंसिर ।
नेपाल गोजु– रियो कराते बेलझुण्डी डोजोको आयोजनामा प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा कपिलस्तु जिल्ला प्रथम, बर्दिया द्वितीय र दाङ जिल्ला तृतीय भएका छन् ।
स्थानीयस्तरमा कराते खेलको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बर्दिया, कपिलवस्तुलगायतका जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल गोजु–रियो कराते बेलझुण्डी डोजोका प्रमुख प्रशिक्षक तारा बहादुर वलीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बिजेता खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको मुख्य रेफ्रीमा एसियन रेफ्री पेम्बा तामाङ रहेका थिए ।
उक्त अवसरमा प्रतियोगिता भव्य एवं सभ्य रूपले सम्पन्न गर्न महत्वपूर्ण सहयोग पु¥याउने तुलसीपुर उपमहानगरपालिका कार्यालय, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ र १८, नेपाल गोजु–रियो करातेका स्वयंसेवक प्रशिक्षक विकास डाँगी, घनश्याम गिरी खेलप्रेमी प्रवीण चौधरीप्रति हर्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल सितोरियो कराते संघ दाङका सचिव मोहलाल थापाले गरेका थिए ।