- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeविचारविमान सेवा सहज बनाऊ

विमान सेवा सहज बनाऊ

- Advertisement -spot_img

दाङको टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो विमानस्थल हो । टरिगाउँ विमानस्थल पछि सञ्चालमा आएका अन्य विमानस्थलको अवस्था हेर्दा धेरै अगाडी गइसकेका छन् । २०११ सालमा सञ्चालन आएको टरिगाउँ विमानस्थल पटक–पटक बन्द हुँदै सञ्चालन हुने गरेको छ । विमानस्थलमा अहिले १९ सिटे ट्विनेटर जहाजले उडान छ । धावनमार्गको स्तरोन्नती नहुँदा ठूला जहँजले उडान भर्न नसकेको भनिदै आएको छ । साना जहाज पनि नियमित उडान गर्न सकेका छैनन् ।

नजिकै रहेको नेपालगंजको विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन भइरहेको अवस्थामा टरिगाउँ विमानस्थलमा विभिन्न कारण देखाएर नियमित सेवा छैन् । विमानस्थलमा इन्धन डिपो नहुँदा यसअघि जहाजले आफै इन्धन बोकेर ल्याउँदा जहाजले सेवा पनि नियमित दिन नसक्ने अवस्था भएको तर्क गरिदै आइएको थियो । भाडा पनि महँगो हुने गरेको छ । पछिल्लो समय विमानस्थलमा इन्धन डिपोको संरचना तयार भएको छ । अहिले विमानस्थलमा ४१ हजार लिटर हवाई इन्धन भण्डारण छ । इन्धन डिपोको स्थापनासँगै हवाई सेवा नियमित हुने र भाडा पनि घट्न सक्ने अपेक्षा गरिनु स्वभाविक हुन्छ । नागरिकको अपेक्षालाई सरोकारवालाले सार्थक बनाउनुपर्छ ।

टरिगाउँ विमानस्थलमा विमानसेवा नियमित भएको देखिदैन । मंसिर महिना पनि अहिलेसम्म एउटा उडान पनि भएको छैन । त्यो अवस्था आउनु लाजमर्दो नै हो । दाङको समृद्धिसँग जोडिएको टरिगाउँ विमानस्थल सञ्चालनमा स्थापनाको करिब सात दशकसम्म पनि हवाई सेवा नियमित बन्न नसक्नु दुःखको कुरा हो । टरिगाउँ विमानस्थललाई स्तरोन्नती गरेर ठूला जहाज सञ्चालनमा ल्याउने चर्चा चलिरहदा साना जहाजले नियमित सेवा दिन नसक्नुको कमजोरी खोजिनुपर्छ । संरचना थपिदै गए पनि हवाई सेवा नियमित हुने छाँट देखिदैन् । पछिल्लो समय विमानस्थलमा इन्धन डिपोको स्थापना भएको छ । सेवा नियमित हुन नसक्दा डिपोमा राखिएको इन्धन पनि प्रयोगविहीन छ । यहि अवस्था रहे भण्डारण भएको इन्धन फिर्ता नहोला भन्न सकिदैन् ।

दाङले धेरै नेतृत्व जन्माएको छ । तर जिल्लाको विकासमा नेतृत्वको ध्यान पुग्न नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको छ । विमानसेवा नियमित भएपछि दाङको पर्यटन विकासमा अझ महत्वपूर्ण भूमिका खेल्दछ । चुनावको समयमा चर्चामा आउने विमानस्थल निर्वाचन सकिएपछि प्राथमिकतामा पर्न सकेको छैन् । विमानस्थल नियमित बनाउन नसक्नुमा सम्रग दाङकै प्रतिष्ठासँग जोडिएको विषय हो । विमानस्थलको सकेसम्म स्तरोन्नती गर्न सकियोस्, । र सबै प्रकारका हवाई सेवाहरूले नियमिता पाउन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here