Wednesday, March 27, 2024
Homebreaking-newsआम निर्वाचन २०७९, सय मत नकटाउने उम्मेदवार

आम निर्वाचन २०७९, सय मत नकटाउने उम्मेदवार

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १७ मंसिर ।
मंसिर ४ गते भएको निर्वाचनमा उम्मेदवार बनेका केही ले एक सय मत नि कटाएका छैनन् । निर्वाचनको मत परिणामलाई हेर्दा दाङमा सय मत नकटाउने २० जना उम्मेदवार रहेको देखिएको छ ।

निर्वाचनमा मतको आँकलन नै नगरी उम्मेदवारी दिने प्रचलनले मत परिणाम पनि यस्तो आउने गरेको जानकारहरु बताउछन । चुनावमा जित्नेभन्दा पनि उपस्थितिमात्रै देखाउनलाई उम्मेदवारी दिने गरेको देखिएको छ ।

मंसिर चार गते भएको निर्वाचनमा उमेदवारी दिएक मध्ये धेरै उम्मेदवारलाई जमानत नै जोगाउन मुस्किल देखियो भने केहि उम्मेदवारले तीन अंकको मत समेत पाएनन् । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा गत मंसिर चारको आम निर्वाचनमा ८९ जना उम्मेदवार प्रतिष्पर्धामा थिए ।

प्रतिष्पर्धामा रहेका उमेदवारमध्ये २५ जना उमेदवारले जमानत जोगाएका छन् भन् ६४ जना उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् । ति मध्ये २० जना उम्मेदवारले १ सय भन्दा कम मत प्राप्त गरेका छन् ।

दाङ क्षेत्र नम्बर १ मा २, क्षेत्र नम्बर २ मा ५, क्षेत्र नम्बर ३ मा ८, क्षेत्र नम्बर १ को प्रदेश सभा १ र २ मा १÷१ जना, क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा १ जना र क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा २ जना उम्मेदवारले सय मत पनि ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

एक सयभन्दा कम मत ल्याउनेमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा स्वतन्त्र उमेदवार चन्द्रमणी न्यौपाने र नेपाल मजदुर किसान पार्टीका गणेश भक्त खर्बुजा रहेका छन् । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विपिका गोविन्द प्रसाद शर्मा, मौलिक जरोकिलो पाटीका रामचन्द्र खड्का, नेपाल मजदुर किसान पाटीका आशाराम वैद्य, स्वतन्त्र उम्मेदवार यमलाल जिसी र भुपनाथ अर्जेल रहेका छन् ।

नम्बर ३ मा नेपाल मजदुर किसान पाटीका, बीर बहादुर चौधरी, स्वतन्त्र उम्मेदवार हेमन्त बहादुर मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णविर नेपाली, स्वतन्त्र उमेदवार भुप बहादुर भण्डारी, तिलक खड्का, लिलाधर न्यौपाने, घनश्रुयाम डांँगी रहेका छन् ।

यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा लोकतान्त्रिक समाजवादी पाटी नेपालका दामोदर चौधरी, २ मा सोहि पाटीका राजकुमार विश्वकर्मा, क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा स्वतन्त्र उमेदवार रेशम बहादुर चौधरी, क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा लोकतान्त्रिक समाजवादी पाटी नेपालका बासुदेव रेग्मी र नेपाल लोकतान्त्रिक पाटीका सागर विकले एक सयभन्दा कम मत ल्याएका छन् ।

२५ दलको १ सयभन्दा कम मत
दाङमा २५ राजनीतिक दलले १ सयभन्दा कम मत ल्याएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मतपरिणाम अनुसार दाङमा निर्वाचनमा भाग लिएका २५ दलले सय मत पनि पु¥याउन सकेका छैनन ।

निर्वाचनमा आमूल परिवर्तन मसिहा पार्टी नेपालले ९५ जनता समाजवादी पार्टी, नेपालले ८८, नेपालका लागि नेपाली पार्टीले ६६, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५०, जनजागरण पार्टी नेपालले ४४, सामाजिक एकता पार्टीले ४३, नेश्रुनलिष्ट पिपल्स पार्टीले ४३ मतमात्रै प्राप्त गरेका छन् ।

मौलिक जरोकिलो पार्टीले ४२, नेपाल लोकतान्त्रिक पार्टीले ४१, राष्ट्रिय नागरिक पार्टीले ४०, एकीकृत शक्ति नेपालले ३५, बहुजन एकता पार्टी नेपालले ३३, तराई मधेश लोकतान्त्रिक पार्टीले ३३, विवेकशील साझा पार्टीले २९, नेपाल संघीय समाजवादी पार्टीले २७, मितेरी पार्टी नेपालले २३ मत प्राप्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २०, जनता प्रगतिशिल पार्टी, नेपालले १६, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले १३, नेपाल जनता पार्टीले ११, बहुजन शक्ति पार्टीले ९, नेपाल समावेशी पाटीले ९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ मत प्राप्त गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here