दाङ, १७ मंसिर ।
दाङको टरिगाउँ एरपोर्टमा इन्धन डिपोको मुद्धाले धेरै चर्चा पायो । हवाइ इन्धन एरपोर्टमा उपलब्ध नहुदा हवाई सेवा नियमित नभएको र भाडा मंहङगो भएको भनियो । त्यसको समाधानको लागि सरोकारवालाहरुको पहलमा एरपोर्टमा इन्धन डिपोको संरचना निर्माण भयो । इन्धन डिपोको योजना सफल पनि भयो, एरपोर्टमा इन्धन डिपोको पूर्वाधार निर्माण भयो ।
अहिले जहाजसम्म इन्धन लैजाने बाउजर पनि तयारी अवस्थामा राखिएको छ । भने डिपोमा एक महिना पुग्ने इन्धन स्टक समेत गरिएको छ । तर इन्धन प्रयोग गर्ने जहान टरिगाउँ एरपोर्टमा १५ दिन यतादेखि आएको छैन । इन्धन डिपोबाट हवाई इन्धन सञ्चालन गर्न नेपाल आयल निगम नेपालगञ्जको टिमल केही दिन देखि दाङमै बसिरहेको छ ।
नेपालगञ्ज कार्यालयका प्रमुख सहितको टोली र केन्द्रको उड्ययन तर्फको सहायक प्रबन्धक सहितको टोली एरपोर्टमै छ । तर नेपाल एरलाइन्सको जहाजले भने दाङमा १५ दिन देखि सेवा नदिदा इन्धन डिपोको इन्धन एरपोर्टसम्म पु¥याउने योजनामा रहेको निगमको टोलिले हवाइ जहाजसम्म तेल पु¥याउन सकेको छैन ।
जहाज मर्मत गर्नुपर्ने अबस्था आएको हुदा सेवा केहि दिनयता देखि दिन नसकिएको नेपाल वायु सेवा निगमले बताएको छ । ‘यहाँ इन्धनको ब्यवस्था भइसक्यो, जहान आउँदैन,’ आयल निगमका एक कर्मचारीले भने, ‘जहाज आयो भने पो तेल दिने हो हामी त जहाज कुरेको कुरै भएका छौ ।’
गत वर्षको साउनदेखि निर्माण शुरु गरि इन्धन डिपोको लागि आवश्यक संरचना तयार गरिएको थियो । प्रारम्भिक परिक्षण गरेर पूर्णरुपमा सञ्चालन गर्ने तयारी गरेको निगमले एक सातादेखि प्रयास थाले पनि सफल भएको छैन ।
नेपालगञ्ज डिपो प्रमुख दुर्गा पछाईले हवाई इन्धन डिपोमा फुलफेज इन्धन रहेको बताइन । ‘हामी पूर्णरुपमा तयारीमा बसेका छौ उनले भनिन, ‘जहाज आएमा सहजै तेल भर्ने अवस्था छ, अहिले इन्धन डिपोमा ४१ हजार लिटर हवाई इन्धन स्टक छ ।
३० हजार डिपोमा, ११ हजार बाउजरमा राखिएको छ, । उनले भनिन, ‘अहिलेको उडान अनुसार एक महिना भन्दा बढी समयका लागि इन्धन जगेडा हुन्छ ।’ यसको नियन्त्रण नेपालगञ्जबाट हुने र रेखदेख तुलसीपुर डिपोबाट हुने उनको भनाई छ ।
नेपाल आयल निगमका एभिएशन विभागका सहायक प्रबन्धक उपेन्द्र कुमार सुवेदीले टरिगाउँ एरपोर्टमा स्थापना भएको इन्धन डिपोले सूर्याेदयदेखि सूर्यास्तसम्म सेवा दिने बताए । निगमले टरिगाउँ इन्धन डिपोबाट निजी हवाई कम्पनीहरुलाई पनि हवाई इन्धन दिने उनले बताए । ‘नेपाल एरलायन्सलाई मात्रै सेवा दिन हामी स्थापना भएका छैनौ,’ उनले भने,‘यसबाट निजी कम्पनीका जहाजहरु, हेलिकप्टरहरु सबैले सेवा पाउने छन ।’
तुलसीपुर डिपोका प्रमुख विपिन श्रेष्ठले हवाई इन्धन डिपोको सम्पूर्ण परिक्षण गरि सकेको र अब प्रयोग मात्रै गर्न बाँकी रहेको बताए । डिपो संचालनका लागि कार्तिकमै प्रयास गरिएको थियो, तर चाडपर्वको कारण केहि ढिला भएको र पछिल्लो समय जहाज नै १५ दिनदेखि नआउदा सुवा सुरु हुन नसकेको बताए ।
‘अहिले भने हामी तेल भरेर बसेका छौ,’ उनले भने, ‘इन्धन फुलफिल छ, जहाज आएको छैन ।’ सम्भवत शुक्रबारसम्म पहिलो सेवा हुन्छ । डिपोमा इन्धन भण्डारणका लागि टं्याक ३० हजार लिटर क्षमताको छ भने जहाजमा तेल रिफिल गर्नका लागि ११ हजार लिटर क्षमताको बाउजर (ट्यांकर) तयारी अबस्थामा छ ।
इन्धन डिपो नहुँदा टरिगाउँ विमानस्थलमा उडान भर्ने जहाजले दुईतिर उडानका लागि इन्धन ढुवानी गरिरहेको अवस्थामा डिपो सञ्चालनमा आए पछि यो सहजता हुने छ । इन्धन बोकेर ल्याउनु पर्दा जहाँजले सिट क्षमता अनुसारको पुरै यात्रु बोक्न पाएका थिएनन भने हवाई भाडासमेत महंगो पर्ने गरेको छ ।
टरिगाउँ विमानस्थलमा अहिले १९ सिटे ट्वीनेटर जहाजमात्रै संचालनमा छ । टर्मिनल भवनको पश्चिमतिर इन्धन डिपो स्थापना गरिएको छ । करिब डेढ करोड लागतमा डिपोको निर्माण गरिएको हो । न्यू ड्राइभन एमसी फाल्गुनान्दले इन्धन डिपोको निर्माण गरेको हो ।
पुरानो टरिगाउँ विमानस्थल विभिन्न समयमा बन्द हुँदै संचालन हुने गरेको छ । विमानस्थलमा ७ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग मात्रै कालोपत्रे भएकाले ट्विनेटर विमानमात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा कालोपत्रे नहुँदै त्योभन्दा ठूला जहाज आउने गरेका थिए ।