- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरकाफलपानी पहिरोको उच्च जोखिममा

काफलपानी पहिरोको उच्च जोखिममा

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १७ मंसिर ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ काफलपानी पहिरोको उच्च जोखिममा रहेको छ । असोजमा आएको एक हप्ता लामो पानीका कारण बस्तीमै पहिरोको असर परिरहेको छ । असाज पछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको स्थानीयहरुले बताएका छन । त्यस गाउँका २४ घर बढी जोखिममा रहेका छन ।

घरहरू रहेको क्षेत्रमा ठाउँको पुरै पाखा पहिरोको कारण केही फिट तल बसेको छ । स्थानीय जोखिम मोलेर नै त्यस ठाउँमा बस्न बाध्य भएका छन । स्थानीय मेघराज गिरिले गाउँनै पहिरोको उच्च जोखिममा रहेको र त्रसित भएर बस्नु परेको बताए । उनले आफनो घर र मिल जोखिम्मा हुदा समस्या परेको बताए ।

जोखिमकै कारण मिल ३ महिना देखि बन्द गरेर बस्नु परेको बताए । गिरीका अनुसार स्थानीयले बस्ती स्थानान्तरको समेत माग गरेका छन् । घर र मिल समेत पहिरोमा भासिदा कुनै क्षेत्री नभएको राज्यको बुझाई रहेको उनको दुख व्यक्त गरे ।

स्थानीय शशिराम कामीले भने घर जोखिम क्षेत्रमा भएकाले भोक नित्रा नलाग्ने गरेको बताए । साझ सुत्दा पनि निद्रा लाग्दैन उनले भने, आफ्नो परिवार कसरी बचाउने भन्ने चिन्ता भइरहन्छ । विकल्प नभएका कारण भगवान भरोसा भन्दै जोखिम घरमा बस्न बाध्य भएको कामीले बताए ।

बस्ती स्थानान्तरको पहल गर्छाै: स्थानीय सरकार

बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उक्त बस्ती जोखिममा रहेकोले त्यसलाई एक ठाउँबाट अर्काे ठाउँमा स्थानान्तरणको लागी पहल गर्ने बताए । त्यस ठाउँको अनुगमन गर्न पुगेका नगर प्रमुख बुढाथोकीले विभिन्न निकायसंग समन्वय भैरहेको र जनताको आवश्यकता अनुसार पहल गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here