- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरगोल्टाकुरी साना किसानको साधारण सभा

गोल्टाकुरी साना किसानको साधारण सभा

- Advertisement -spot_img

प्रमोद आचार्य
दंगीशरण, १७ मंसिर ।
गोल्टाकुरी महिला साना किसान सहकारी सस्थाको १० औ बार्षिक साधारण सभा दंगीशरण २ को मधपुरमा भएको छ ।
साधारण सभाको अबसरमा सस्थाले उत्कृष्ट कार्य गर्ने ब्यक्ति तथा समुहरुलाइ सम्मान समेत गरेको छ ।

जस अन्तर्गत उत्कृष्ट बाल बचत तर्फ अनमोल केसी, जेस्ठ नागरीक तर्फ जुग्री चौधरी, उत्कृष्ट कृषक तर्फ मोतीकला बिक, उत्कृष्ट पशुपालक तर्फ डम्बर बिक र उत्कृष्ट समुह अन्तर्गत वडा न ६ को अन्तर समुहलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेको छ । २०६९ सालमा स्थापना भएको सहकारीको अहिले ५ करोडौको कारोबार गरीरहेको छ । संस्थाले आर्थिक वर्षमा ब्याजबाट बार्षिक ५७ लाख ७१ हजार २ सय आठ रुपैया आम्दानी गरेको सस्थाका अध्यक्ष मिरा चौधरीले बताइन ।

आज एक भब्य कार्यक्रमको आयोजनादेखी सुरु गरेको सस्थामा अहिले ६ सय दुई जना शेयर सदस्य रहेको उपाध्यक्ष सिता डाँगीले बताए । कार्यक्रममा प्रमुख अतिथि दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा वली खड्काले बचतलाई बचतको रुपमा मात्र नलगी उत्पादन मुखी र सिपमुलक र आयाअर्जनको बाटो तर्फ रुपान्तरण गर्न सके मात्र समाज परीबर्तन हुने बताइ ।

सस्थाको प्रगति मात्र भन्दापनि सदस्यहरुको सामाजिक तथा अबस्था परिवर्तन हुन आबस्यक रहेको बताइन । वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले महिलाहरूले चलाएको सहकारीको आर्थिक र बार्षिक गतीबिधि राम्रो देखिनुले सहकारी नमुना भएको बताए ।

वडा न २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले प्रगती भन्दापनि परिवर्तन आबस्यक रहेको बताए । यस्तै उरहरी साना किसानकि प्रबन्धक रामकलि शर्माले गरीबी न्यूनीकरण गर्न लघुवित्तका माध्यमबाट अगाडी बढेको बताइन ।
सस्थाका अध्यक्ष मिरा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा लेखा प्रबन्धक गिता पौडेलले आर्थिक प्रतिवेदन, र बार्षिक गतीबिधि सस्थाका प्रबन्धक शुसिला पाण्डेले प्रस्तुत गरेकी थिइन ।

सस्थाका उपाध्यक्ष सिता डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सहायक प्रबन्धक सुमन चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here