- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरसगरमाथा स्कुलमा निर्वाचनबाट समूह गठन

सगरमाथा स्कुलमा निर्वाचनबाट समूह गठन

- Advertisement -spot_img

तुलसीपुर, १७ मंसिर ।
दाङको तुलसीपुरमा रहेको एक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको विभिन्न समूह गठन गरिएको छ । तुलसीपुर–९ मा रहेको सगरमाथा बालबाटिका स्कुल (समिट) मा निर्वाचन प्रकृयाको माध्यमबाट ईको क्लव र स्टुडेन्ट क्वालिटी सर्कल गठन गरिएको छ । निर्वाचनको महत्व र यसको प्रकृयाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन निर्वाचन प्रकृया प्रयोग गरिएको हो ।

क्लव गठनका क्रममा विद्यालयका शिक्षकहरुलाई मतदान अधिकृत विद्यार्थीहरुलाई म्यादी प्रहरी, उम्मेदवार र मतदाता बनाईएको थियो । विद्यार्थीहरुले मतदान गरी विद्यालयमा गठन हुने ईको क्लव र स्टुडेन्ट क्वालिटी सर्कलका लागि आवश्यक पदाधिकारीहरु छनोट गरेका छन् । ईको क्लवको पदाधिकारीका लागि २१ जना विद्यार्थीहरुले उम्मेदवारी दिएका थिए ।

जसमा देवा चौधरी अध्यक्षमा, उपाध्यक्षमा मन्जीत बिक,सचिवमा माया घर्ती, सह–सचिवमा कोपीला रावत निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा मनिसा वली, सदस्यमा प्रिजल शर्मा, महिला सदस्यमा झरना खड्का निर्वाचित भएका छन् ।

ईको क्लवे वातावरणिय संरक्षणमा आधारीत रहेका विभिन्न गतिविधिहरु सञ्चालन गर्ने गर्दछ । विद्यालयमा प्लाष्टिकजन्य पदार्थहरुको प्रायोग न्युनीकरण, विद्यालय परिषरको सरसफाई, वृक्षारोपण, हरियाली प्रवद्र्धन र विद्यालयमा सफा वातावरणको महत्वका बारेमा जानकारी समेत प्रदान गर्ने गर्दछ ।

यसैगरी स्टुडेण्ट क्वालिटी सर्कलको अध्यक्षमा विशाल वली, उपाध्यक्षमा विवेक विक, सचिवमा दिनेश खराल, सह–सचिवमा गंगा घर्ती निर्वाचित भएका छन् । कोषाध्यक्षमा विन्दु खनाल, सदस्यमा मनिस केसी र महिला सदस्यमा मनिसा बिक निर्वाचित भएका छन् ।

यस क्लवले विद्यालयको शैक्षिक गुणस्तरमा आधारीत रहेर आफ्ना कृयाकलापहरु सञ्चालन गर्ने गर्दछ । विद्यार्थीहरुमा संस्कारसहितको शिक्षा प्रदान गर्ने विषयमा सक्रिय रहने गर्दछ । विद्यार्थीहरुलाई उद्घोषण कलामा दक्ष बनाउन समय–समयमा विभिन्न कार्यक्रमहरु गर्ने, परामर्श र हौसला प्रदान गर्ने, समयानुकल वैचारिक धारणाहरुको विकास गर्ने लगायतका कामहरु गर्ने गर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here