- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरपुग्ला बाम लोकतान्त्रिक गठबन्धनको बहुमत ?

पुग्ला बाम लोकतान्त्रिक गठबन्धनको बहुमत ?

- Advertisement -spot_img

दाङ, १३ मंसिर ।
लुम्बिनी प्रदेश सभा सदस्यहरुको प्रत्यक्षतर्फको नजिता पूर्णरुपमा आइसकेको छ । प्रदेशमा रहेको पहिलो हुने निर्वाचन प्रणालीबाट ५२ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । भने समानुपातिक मत परिणाम पनि अन्तिम चरणमा पुगेको छ । नतिजा हेर्दा लुम्बिनी सरकार सत्तारुढ गठबन्धनको बहुमत हुने सम्भावना देखिएको छ । सबै नतिजा आउँदा गठबन्धनको बहुमत देखिए प्रदेशका गठबन्धनकै सरकार हुने पक्का जस्तै छ ।

लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये एमालेले १८ सिट काँग्रेसले १७ सिट जितेका छन् । माओवादीको ५ सिट, जनमत पार्टीको १ सिट, लुम्बिनीमा तीनजना स्वतन्त्र सांसदले जितेका छन् भने जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको २ सिट, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले दुई÷दुई सिट जितेका छन् । तीन सिट जित्ने स्वतन्त्र उम्मेदवार माओवादी केन्द्रले टिकट नदिए पछि विद्रोह गरेर बागी उम्मेदवारी दिएका हुन् ।

समानुपातिकतर्फ गठबन्धनको मत ७ लाख ४२ हजार रहेको छ भने एमालेको मत ५ लाख ६२ हजार रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भए पनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने देखिएको जानकारहरुको भनाइ छ । प्रदेश सभामा गठबन्धनको समानुपातिक तर्फबाट २० सिट जित्ने आँकलन गरिएको छ । प्रत्यक्ष र समानुपातिकको संख्या हेर्दा सत्तारुढ गठबन्धनको सहजै सरकार बन्ने देखिन्छ ।

सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ । प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीनवटा दलले थ्रेस होल्ड पार गरिसकेका छन ।

मुख्यमन्त्रीमा चौधरीको सम्भावना
लुम्बिनीको नयाँ सरकारका लागि नेताहरुको दौडधुप सुरु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको बहुमत हुने निश्चित भएपछि मुख्यमन्त्रीका प्रमुख दावेदार रहेका वर्तमान पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी तयारीमा जुटेका छन् । उनको मुख्यमन्त्री हुने सम्भावना बढेको छ । नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरी अहिले प्रदेश सरकारमा मुख्यमन्त्रीपछिको वरियतामा रहेका छन् ।

काँग्रेसबाट मुख्यमन्त्रीको दावेदार रहेका प्रदेश सभापति अमर सिंह पुन रोल्पाबाट, वीरेन्द्र कनौडिया कपिलबस्तुबाट पराजित भएपछि चौधरीलाई अझ सहज भएको जानकारहरुको भनाइ छ । उनी दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित भएका छन् । तीनजनाकै दावेदारी थियो दुईजना निर्वाचन प्रक्रियामा नै रोकिएपछि निर्विकल्प चौधरीको नाम मुख्यमन्त्रीका लागि अघि बढेको उनको तर्क छ ।

गठबन्धनकै बहुमत हुने र काँग्रेसले नेतृत्व गर्ने लगभक निश्चित भएपछि नयाँ सरकारको तयारीमा समेत दलहरु जुटेका हुन् । एमालेको तर्फबाट सरकार बनाउनुपर्ने अवस्था रहेका लिला गिरी, विष्णु पन्थी मुख्यमन्त्रीका दावेदार देखिएका छन ।

लुम्बिनीबाट प्रतिनिधि सभामा को कति ?

प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली काँग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली काँग्रेसले बलियो आधार मानेका र यसअघि पटक–पटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाण पराजित भए । २०७४ सालमा जितेका केही सिटसमेत यस पटक काँग्रेसले गुमाएको छ । भने केही नयाँ क्षेत्रमा जित निकालेको छ ।

गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र)ले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणि खनाल, बाँके १ मा खेलकुद मन्त्री महेश्वर गहतराज, बर्दिया २ मा सुरेस पन्त पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् । भने माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल पनि रुपन्देही १ मा पराजित भए ।

माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धि बनेको छ । एमालेका शंकर पोख्रेलले माओवादीकी नेतृ रेखा शर्मासँग पराजित भए । नेकपा (एकीकृत समाजवादी) ले भागबण्डामा पाएको ४ सिटमध्ये १ मा उम्मेदवारी खारेज भएर गुम्दा ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ ।

पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भए । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक÷एक सिटसमेत गुमाएको छ । प्यूठानमा दुर्गा पौडेललाई प्रतिनिधि सभा र अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा सभामा जनमोर्चाले उम्मेदवार बनाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here