- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsविवादको दायरा किन सतहसम्म ?

विवादको दायरा किन सतहसम्म ?

- Advertisement -spot_img

जीतसागर जी.एम.


दाङको लमही नगरपालिका पछिल्लो समय विभिन्न समयमा चर्चा आउने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यशैलीलाई लिएर कहिले जनप्रतिनिधि र कहिले कर्मचारी आन्दोलित भइरहेको विषय सार्वजनिक भइरहेका छन् । प्रशासकीय अधिकृत डाँगीको कार्यशैलीको विरोधमा कर्मचारी आइतबारदेखि फेरि आन्दोलित बनेका छन् । नगरपालिकामा उनी रहँदासम्म काम नगर्ने अडानसहित नगरका कर्मचारी आन्दोलित बनेपछि सबै प्रकारका काम ठप्प भएका छन् । साँढेको जुधाई, बाच्छाको मिचाई भनेजस्तै कर्मचारी–कर्मचारी बीचकै लफडाले सर्वसाधारण नागरिक नगरको सेवा पाउनबाट बन्चित हुनुपरेको छ । यसअघि पनि उनका विरूद्ध जनप्रतिनिधि आन्दोलित बनेका थिए । नगरको आन्दोलन र औचित्यका विषयमा प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा सरोकारवालाहरूलाई ल्याएका छौं । – सम्पादक


खटनपटनमा राजनीति नगरौं


लमही नगरपालिकाभित्रका समस्या समाधानमा जनप्रतिनिधि र कर्मचारी दुवैको भूमिका महत्वपूर्ण छ । लमही नगरपालिकाले कोहि कर्मचारीलाई नजिक, कसैलाई टाढा बनाउन खोजेको होइन् । हामी चाहन्छौँ हामी जनप्रतिनिधि वा कर्मचारीका कारण नागरिकले दुःख पाउने अवस्था नआवस् । तर अहिले भैदियो फेरि त्यस्तै । लमही अस्पताल देखिएको समस्या अन्त्यका लागि मैलै नगरकै प्रशासन प्रमुख महेश थापा ठेडीलाई काममा पठाउने निर्देशन प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी समक्ष राखेको हुँ । किनभने उहाँसँग प्रशासन चलाउने क्षमता छ । त्यसैकारणले पनि लमही अस्पतालमा उहाँलाई पठाउने निर्णय भएको हो ।

लमही अस्पतालमा पछिल्लो समय प्रशासनमा विभिन्न खालका समस्या देखिएका कारण उहाँलाई हामीले पठाउने विकल्प खोजेका थियौँ । तर उहाँले आफ्नो जिम्मेवारीमा त्यो नपर्ने भन्दै जान नमानेपछि अहिलेको यो स्थिति सिर्जना भएको हो । उहाँ छैठौँ तहको कर्मचारी हो । अस्पतालमा उहाँले दशौँ तहका डाक्टरलाई चलाउने हो । तर उहाँले पाँचौ तहको दरबन्दीमा आफू नजाने भन्दै अडान लिनुभएको छ । यसबीचमा मैले पनि ठिकै छ त भनेर उहाँलाई नपठाउने सोच बनाएको थिएँ । तर अहिले त्यसै विषयलाई लिएर विभिन्न किसिमका काम गर्न थालेपछि अब कुनै पनि हालतमा उहाँलाई अस्पतालमै पठाउने सोचका साथ हाजिरी गर्न दिएका छैनौँ ।

नगरप्रमुखको आडमा प्रमुख प्रशासकीय अधिकृतले दबाउन खोजेको, हिडटलरको जस्तो शासन लगाउन खोजेको, कर्मचारीलाई अनावश्यक काममा लगाउने गरेको जस्ता आरोप लगाउँदै अहिले उहाँहरूले गरेको आन्दोलनको कुनै अर्थ छैन् । नीति, विधि प्रक्रियामै गएर उहाँलाई काममा खटाउन खोजिएको हो । यसलाई राजनीतिकरण गर्नुपर्ने कुनै आवश्यकता देखेको छैन् । नगरपालिकाको विरूद्धमा गएर ज्ञापनपत्र बुझाउने, तालाबन्दी गर्ने, कर्मचारीलाई उचाल्ने काम तुरून्त नरोकिए हामी बाध्यकारी निर्णय पनि गर्न सक्छौँ ।

प्रमुख प्रशासकीय अधिकृतले गरेका काम अवैधानिक केही छैनन् । सबै विधि प्रक्रियामा पुगेर काम गरिएको छ । बहाना सरूवाको बनाउने तर अरू विभिन्न लाभ लिन नपाएको झोकमा अहिलेको यो आन्दोलन हो । कर्मचारीले सेवाग्राहीका काम छोडेर आन्दोलन गर्नु कतिको जायज हो । त्यो आमनागरिकले मूल्यांकन गरिरहनु पनि भएको छ । तिललाई पहाडको रूपमा लैजाने भन्दा पनि समस्या समाधानको उपायमा लाग्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृतको सरूवा नै समाधान होइन् । कर्मचारीले आफूले आफैलाई चिन्नुपर्छ ।

म को हुँ भनेर कर्मचारीले चिन्न सकेपछि समस्याको जरो बढ्ने अवस्था देखिदैन्, होइन भने यो अवस्थाले लमही नगरपालिकाकै प्रतिष्ठामा ठूलो समस्या बनाउँछ । राजनैतिक आस्थाकै आधारमा समस्याको बीउ खोज्ने राम्रो होइन् । म आमकर्मचारी तथा जनप्रतिनिधिलाई के आग्रह गर्दछु भने आन्दोलनलाई स्थगित गरिदिनुहोस् । अहिलेको आन्दोलनले कर्मचारी र जनप्रतिनिधिलाई भन्दा पनि सर्वसाधारण नागरिकलाई बढी समस्या गरेको छ । उता लमही अस्पतालको हालत पनि उस्तै छ । लामो समयदेखि सेवा सुधार हुन नसकिरहेको अवस्थामा समस्या अन्त्यका लागि योग्य व्यक्तिलाई अस्पताल पठाउन लाग्दा अहिलेको स्थिति सिर्जना भएको छ ।


नीति र विधि बाहिर गएर काम गर्दैन्

खै किन उहाँहरू अन्दोलित हुनुभएको हो । त्यो मैलै जान्दैन । तर कुरा के हो भने विधि र प्रक्रिया बमोजिम काम हुनुपर्छ भनेर नै उहाँहरूलाई सोहिबमोजिम भनिरहदा अहिले उहाँहरू म विरूद्ध खनिनु भएको छ । जनप्रतिनिधि र कर्मचारी मेरो कार्यशैली मन नपराउनुको कारण यहि हो । उहाँहरूले कुनै पनि काम सजिलै गराउन खोज्नुहुन्छ । नियममा नरहेर काम गर्दा उहाँहरूलाई भन्दा समस्या त मलाई आउने हो नि ।

त्यसकारण पनि मैले विधि र प्रक्रियाबमोजिम काम गर्नुस् भन्दा उहाँहरू मेरो विरूद्ध आउनुभएको छ । यसप्रति म कुनै पनि हालतमा आत्तिएको छैन् । मैले नीति र नियम बमोजिम काम गर्दा कसैलाई पनि मेरो काममा बाधा पु¥याउने अधिकार छैन् । म नहुँदा धेरै कर्मचारी र जनप्रनिनिधिले आवश्यक कागजात नै पूरा नगरेर काम गर्ने रहेका छन् । म जब कार्तिक ६ गते आए, त्यसपछि नीति र नियम मिचेर काम गर्नेहरूको १२ बजेको छ । त्यसैले पनि उहाँहरू अहिले आन्दोलनमा हुनुहुन्छ ।

अहिलेको विषय मूख्यगरी कर्मचारी सरूवा नीतिविपरीत भएको दावी उहाँहरूको छ । यसमा हामीले एक्लै गरेका होइनौँ । नगरप्रमुख जोगराज चौधरीको आग्रहमा लमही अस्पतालको सेवा सुधार गर्नका लागि महेश थापा क्षेत्रलाई पठाउन खोजेका थियौँ तर अहिलेसम्म उहाँ अस्पतालमा जान सक्नुभएको छैन् । नेपाल सरकारको कर्मचारी सरकारले खटाएबमोजिम उहाँले काम गर्नुपर्छ । काम नगर्ने बहाना बनाउन पाइदैन । अरू कर्मचारीलाई पनि उचालेर कामकाज ठप्प पार्ने अधिकार उहाँलाई छैन् । उहाँकै कारणले अहिले धेरै सेवाग्राही दुःख पाइरहेका छन् ।

हामी नागरिकका सेवक हौँ । नागरिकको समस्या समाधानमा हामी जिम्मेवार बन्नैपर्छ । यदि प्रमुख प्रशासकीय अधिकृतले गैर जिम्मेवार काम गरेको छ भने उहाँहरूले उजुरी दिने ठाउँ हुँदाहुँदै पनि नगरपालिकाको काम बन्द गरेर विरोधमा उत्रिनुभएको छ । उहाँहरूले चालेको कदम निकै गलत छ । सेवाग्राहीलाई समस्यामा पारेर आन्दोलन गर्नुको कुनै तुक छैन् । आन्दोलन तत्काल फिर्ता नभएमा थप समस्या सिर्जना हुन सक्छ ।

नीति र प्रक्रियामा नजाँदा मलाई कति समस्या हुन्छ भन्ने कुरा मेरो ठाउँमा आएर उहाँहरूले काम गर्नुपर्छ । त्यसपछिमात्रै उहाँहरूलाई थाहा होला । बिगतमा भएको निरन्तरता मबाट हुन सक्दैन् । बिगतमा नियमभन्दा बाहिर गएर थुप्रै काम भएका छन् । यस्ता कामलाई मैले निरन्तरता दिन सक्दैन् । यदि मबाट कमजोरी भए वा मेरो कार्यशैली मन नपरेको भए उजुरी गर्न सक्नुहुनेछ । मैले गर्नुपर्ने आवश्यक कुरा त्यो बेलामा गर्नेछु ।


जनप्रतिनिधि र कर्मचारीका कुरा सुनिएन

लमही नगरपालिकामा अहिले देखिएको समस्या नयाँ होइन् । यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतका विरूद्धमा उत्रिनुपरेको कुरा तपाईहरूलाई जानकारी नै छ । प्रमुख प्रशासकीय अधिकृतको मै हुँ भन्ने प्रवृत्तिका कारण आजको यो स्थिति सिर्जना भएको हो । यसअघि पनि उहाँले अति गरेपछि जनप्रतिनिधि पनि उहाँका विरूद्ध आउनुपरेको अवस्था हो । अहिले कर्मचारी र जनप्रतिनिधि नै उहाँका विरूद्धमा आउनुपर्ने अवस्था छ । जनप्रतिनिधि र कर्मचारीका कुरा नसुन्ने प्रवृत्ति उहाँमा हावी हुँदा अहिलेको स्थिति आएको छ । कर्मचारीका समस्यामात्र होइन्, जनप्रतिनिधिका समस्या पनि उहाँमा तेर्सिएका छन् ।

उहाँमा त्यो समस्या भइरहन्छन् । यसअघि सरूवा भएर अन्त जानुभयो । तर अहिले फेरि नगरमा आउँदा उहाँले पुरानै कार्यशैलीलाई दोहो¥याउनुभएको छ । उहाँले यो कार्यशैलीलाई निरन्तरता दिने हो भने नगरपालिकाका कुनै पनि काम अघि बढ्न सक्ने अवस्था हुँदैन् । कर्मचारीलाई परिचालन गर्न नसक्ने प्रमुखको काम छैन् । कर्मचारीलाई रिझाएर मात्रै काम हुन्छ । तर उहाँमा त्यो गुण खोज्दा कतै भेटिदैन । तानाशाह प्रवृत्तिका कारण आज नगरपालिकाकै कर्मचारी जनप्रतिनिधि उहाँका विरूद्ध खनिनुपर्ने अवस्था आएको छ ।

नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नगर्ने प्रमुख प्रशासकीय अधिकृत उहाँ हो । नगरले एउटा निर्णय गर्छ तर उहाँले आफूखुसी निर्णय गरिदिनुहुन्छ । यसकारण पनि उहाँमा देखिएको यस्तो किसिमको प्रवृत्तिको अन्त्यका विरूद्ध अहिले हामी जनप्रतिनिधि र कर्मचारी सँगसँगै आन्दोलनमा छौँ । उहाँले यसअघिको कार्यशैलीलाई दोहो¥याउनु भएको छ । अखिर यस्तो कहिलेसम्म भन्ने प्रश्न उब्जिएको छ । त्यसकारण पनि उहाँ हुँदासम्म नगरमा कुनै पनि काम हुन नसक्ने कर्मचारीले माग राख्नुभएको छ ।

उहाँको मागको सवालमा हामी जनप्रतिनिधिको पनि ऐक्यवद्धता छ । जनप्रतिनिधिको पनि माग कर्मचारीको जस्तै हो । उहाँ हुँदासम्म कुनै पनि काम गर्न सकिदैन् । यस्तै अवस्था लामो समयसम्म रहिरहेमा समस्या झनै जटिल बन्न सक्छ । प्रमुखको नाममा अनावश्यक दुःख दिने अधिकार उहाँलाई छैन् । समस्यालाई झनै बल्झाउनुको साटो सरूवा हुनुको विकल्प छैन् । नगरले गरेको निर्णयमा उहाँले काम गर्न सक्नुहुन्न भनेपछि हामीले उहाँसँग काम गर्ने कसरी हुन्छ र ? यसअघि पनि उहाँको कार्यशैली यस्तै थियो । अहिले पनि उस्तै छ । यो उहाँको कार्यशैली सुध्रन सक्छ भन्नेमा हामी विश्वस्त छैनौँ ।

अहिले पनि अनावश्यक दुःख पाइरहेका छौँ । यस्तो अवस्था आखिर कहिलेसम्म रहन्छ भन्नेमा अहिले पनि केही भन्न सकिने अवस्था छैन् । यस विषयमा नगरप्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी पनि गम्भीर हुन आवश्यक छ । उहाँहरूकै कारण नगरको काम ठप्प हुने अवस्था लामो समय नरहोस् भन्ने चाहनामा छौँ । परिस्थितिअनुसार कर्मचारीलाई खटाउने अधिकार त छ तर प्रमुखले अनावश्यक दुःख दिने अधिकार छैन् । यसका विरूद्ध हामी एक भएका छौँ । अहिले पनि आन्दोलनमै छौँ ।


शोषण र दमनको विरूद्धमा छौँ


प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीको कार्यशैलीका विरूद्धमा अहिले हामी छौँ । उहाँको कार्यशैली हिटलरभन्दा कम छैन् । म छैठौँ तहको कर्मचारी हुँ । लमही नगरपालिकाको प्रशासन प्रमुख हुँ । तर मंसिर ४ को निर्वाचनपछि मतगणना जारी रहेको समयमा मलाई अचानक लमही अस्पतालमा सरूवा भएको पत्र हातमा पुग्यो । नगरप्रमुख जोगराज चौधरीमार्फत अस्पतालमा सरूवा भएको पत्र हातमा आइपुगेपछि म अन्यायमा परेँ ।

म लोकसेवा आयोग पास गरेर आएको अधिकृतस्तरको प्रशासनतिरको कर्मचारी अस्पतालमा कसरी काम गर्न सक्छु ? यो सबै काम नगरप्रमुखलाई प्रयोग गरी प्रमुख प्रशासकीय अधिकृतले बनाएको योजना हो । मलाई अचानक सरूवा भएको पत्र हात आइपुगेपछि मलाई साथ दिन अरू कर्मचारी पनि आन्दोलित बनेका हुन् । अहिलेका प्रमुख प्रशासकीय अधिकृतसँग कुनै पनि हालतमा काम गर्न सकिदैन् । उहाँ भएसम्म हामी नियमित काममा फर्कदैनौँ ।

कर्मचारीमाथि हेपाहाको प्रवृत्ति उहाँमा छ । कर्मचारीमाथि हुने शोषण, दमनको अन्त्यको मागसहित हामीहरूले आइतबारदेखि नगरपालिकाको अगाडि धर्नासमेत दिएका छौँ । हातमा कालोपट्टी बाँधेर सबै शाखा, सबै तहका कर्मचारी मात्रा नभएर नगरप्रमुख र उपप्रमुख बाहेक सबै जनप्रतिनिधि आन्दोलित बनेका छौँ । प्रमुख प्रशासकीय अधिकृतको ज्यादती विरोधमा हामी करिब ५० जना कर्मचारी आन्दोलनमा छौँ ।

कर्मचारीको आन्दोलनलाई नगरका कार्यापालिका सदस्य, वडा अध्यक्ष तथा सदस्यहरूले पनि ऐक्यवद्धता जनाउनुभएको छ । यतिसम्मकी नगरपालिकाकै कर्मचारी लक्ष्मी सुवेदीले सुत्केरी विदाबाट फर्केपछि हाजिर गर्न पाउनुभएको छ । दुई महिनाको सुत्केरी बिदा सकेर काममा फर्केपछि अहिलेसम्म नगरपालिकाले उनलाई काममा लगाएको छैन् । अब बस्ने कुर्सीसमेत नपाएपछि काम गर्न झन् कसरी सकिन्छ र ?’

प्रमुख प्रशासकीय अधिकृतले पटक–पटक आफूअनुकूलका निर्णय गरेर कर्मचारीलाई काममा लगाउने गरेका छन्, नियुक्ति लिदा तोकिएको कामभन्दा फरक काममा लगाउने, कर्मचारीलाई अनावश्यक नीति नियम लगाउने, कर्मचारीलाई कानुनी प्रक्रियाबिना ई–हाजिरबाट नाम हटाउन प्रशासकीय अधिकृत लागेको बुझिन्छ ।

कार्यालय समयमा अधिकांश समय नगरप्रमुख र उप्रमुखसँग बसेर बिताउने र अनेक बहानामा कर्मचारीलाई सबैको अगाडि कर्मचारीलाई दुव्र्यवहार गर्ने गरि प्रशासनिक क्षेत्र कर्मचारीलाई प्राविधिक, प्राविधिक क्षेत्रका कर्मचारीलाई प्रशासनिक क्षेत्रमा जिम्मेवारी दिने, कर्मचारी प्रशासनमा लुट प्रणाली लागू गर्न खोज्ने, एउटै कर्मचारीलाई पटक–पटक सरूवा गरी मानसिक तनाव दिने, महिनौँसम्म कर्मचारीलाई पदीय जिम्मेवारी दिन नदिने, लमही अस्पतालका कर्मचारीलाई रात्रिकालिन भत्ता, अतिरिक्त भत्ता उपलब्ध नगराई मानसिक तनाव दिने गरिएको छ ।

प्रशासकीय अधिकृतको यो शैलीबाट हामी आजित भएर नै आन्दोलनमा उत्रिनु परेको हो । उहाँ हुँदासम्म हामी काममा फर्कदैनौँ । कर्मचारीमाथि भएको अन्यायका विरूद्धमा हामी निरन्तर संघर्षमा छौँ । यसअघि हामीले जिल्ला प्रशासन, लमही नगरपालिका लगायतका ठाउँमा प्रशासकीय प्रमुखको कार्यशैलीका विरूद्धमा ज्ञापनपत्रसमेत बुझाइसकेका छौँ । हाम्रो मागको छिट्टै सुनुवाई हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here