- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरमतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा जनप्रतिनिधि

मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा जनप्रतिनिधि

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १३ मंसिर ।
सल्यानबाट नवनिर्वाचित जनप्रतिनिधिहरू मतदातालाई धन्यवाद दिन गाउँ–गाउँमा पुगेका छन् । सोमबार बनगाड कुपिण्डे नगरपालिका विभिन्न गाउँमा गएर मतदाताहरूलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभा निर्वाचित नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका प्रकाश ज्वालाले मतदातालाई धन्यवाद दिदै सल्लीबजारमा चुनावको समयमा आफूहरूले गरेको बाचा पूरा गर्ने बताए ।

सडक पूर्वाधार क्षेत्रमा, शिक्षा, स्वास्थ्य कृषि, खानेपानीको क्षेत्रमा विकास गर्ने बताए । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुँदा सल्यानको लागि थुप्रै विकासको थालनी गरेको अब त्यसलाई पूर्णता दिने बताए । गठबन्धनको रूपमा आफूले आत्याधिक मतसहित विजय बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

प्रदेश सभा क प्रदेशसभा सदस्य भिमप्रकाश शर्माले भारी मतले जिताएकोमा मतदातालाई धन्यवाद दिए । विकास जनताको चाहनाअनुसार काम गर्ने पनि बताए । स्थानीय, प्रदेश र संघको समेत सबै ठाउँमा गठबन्धन भएर जितेकोले अब तीनवटा सरकारको सहमतिमा काम गर्ने उनले बताए ।

विगतमा प्रदेश सरकारले कामको जिम्मेवारी लिएकोलाई प्राथमिकता दिने र अब तत्काल काम नगर्ने निकायलाई काम गर्नेसमेत निर्देशन दिए । यस नगरपालिकामा स्थानीय तहको चुनावमा नै गठबन्धन भएर विजय भएकोले अब झनै विकास गर्न सहज हुनेसमेत उनले बताए ।

प्रदेश सभा (ख) प्रदेश सभा सदस्य सुरेश अधिकारीले पनि सबैलाई धन्यवाद दिदै यसको सबैले सहयोगमा आफूहरूले जितेकोले निरन्तर गठबन्धन जाने र सबैलाई सम्मान तरिकाले विकास गर्ने बताए । तत्काल जनताको काम गठबन्धनको निर्णयअनुसार गर्ने बताए । यस नगरपालिकामा दुबै प्रदेश सभामा बाँडिएकोले पनि गठबन्धनलाई विकास गर्न सहज हुने समेत बताए ।

बनगाड कुपिण्डेको स्वागत तथा सम्मान
नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूलाई सल्यान बनगाड कुपिण्डे नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरपालिकामा भएका विकास निर्माणका विकासमा जानकारी गराउँदै नगरपालिकाभित्र भएका विभिन्न विकास निर्माणको विषयमा जानकारी गराएका थिए ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृह नगरपालिकासमेत रहेको पालिकामा आफूले सक्दो सहयोग गर्नेसमेत बताए । अब जनताको समस्यालाई साथमा राखेर काम गर्न लाग्ने बताए । केही ठाउँका जनप्रतिनिधि काम सुरू गरेको तर्फ इङ्कित गर्दै आफूहरू पनि शुभचिन्तक, कार्यकर्ता र जनताको मागअनुसार अविर मालाको यात्रामा लागेको बताए ।

प्रदेश सभा सदस्य भिमप्रकाश शर्माले विकास निर्माणमा तीन तहको सरकार सहमतिमा विकास निर्माणका काम गर्ने बताए । प्रदेश सभा सदस्य सुरेश अधिकारीले पनि आफू गठबन्धनको मतले जितेकोले नगरपालिका पनि गठबन्धनको भएकोले विकास निर्माणमा सहकार्य गर्ने बताए । स्वागत कार्यक्रम नगर उपप्रमुख पुरूषोत्तम आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत, वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायत कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here