Thursday, March 28, 2024
Homeमुख्य खबरविद्यालयमा अक्षयकोष स्थापना

विद्यालयमा अक्षयकोष स्थापना

- Advertisement -spot_img

गढवा, १३ मंसिर ।
गढवा गाउँपालिका वडा नं १ बडहरस्थित आदर्श प्राथमिक विद्यालयमा विद्यालय तथा विद्यार्थीको शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं. ३ मसुरीया निवासी टोपाराम शर्मा, गढवा गाउँपालिका वडा नं. १ बडहरा निवासी शशिधर शर्मा तथा नवराज शर्माको परिवारले स्वर्गीय सावित्रा उपाध्याय अधिकारीको सम्झनामा तिथि श्राद्धको दिन पारेर विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् ।

नाताले देवरको छोरा भतिजा पर्ने नवराज शर्माको घरमा रहेर जीवनका अन्तिम क्षणहरू ब्यतित गरेकी स्वर्गीय सावित्रा उपाध्याय अधिकारी शिक्षाप्रेमी रहेकोले यस क्षेत्रका जेहेन्दार विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कार दिने गरी ५१ हजार १ सय ११ रूपैयाँको सावित्रा उपाध्याय अधिकारी स्मृति अक्षयकोषको स्थापना गरिएको संरक्षक नवराज शमाले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरामणि गिरीको अध्यक्षतामा भएको अक्षयकोष वापतको रकम हस्तान्तर कार्यक्रममा प्रधानाध्यापक ओमबहादुर मगर, भरत अधिकारी, विष्णु विष्णु बहादुर कुँवर, सूर्य बहादुर नेपाली, लक्ष्मी शर्मा, शिवा शर्मा, पवित्रा शर्मा, शरद शर्मा, केशव पौडेललगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here