- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरजिल्लाकै सर्वाधिक पुरस्कार राशिको कप फुटबल हुँदै

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको कप फुटबल हुँदै

- Advertisement -spot_img

दाङ, १३ मंसिर ।
दाङ तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । टाईगर युवा क्लव तुलसीपुर–३ दमारगाउँको आयोजनामा सञ्चालन हुने प्रतियोगिता यही मंसिर १४ गते बुधबारदेखि सुरू हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लव तुलसीपुर–३ दमारगाउँ र युवा सञ्जाल भिड्ने छन् । फुटबल खेलको विकास र प्रवद्र्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङलगायत अन्य जिल्लामा स्थापित क्लवका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लवका अध्यक्ष दिनेश गुरूङले जानकारी दिएका छन् ।

एक सातासम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ३० हजार रूपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रूपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गुरूङले बताए ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । यसैबीच प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता सञ्चालन समितिका संयोजक सुरवीर गुरूङले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here