- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsप्रभावकारी भएन मतदाता शिक्षा, दाङ क्षेत्र नं. ३ मा मात्रै २२ हजार...

प्रभावकारी भएन मतदाता शिक्षा, दाङ क्षेत्र नं. ३ मा मात्रै २२ हजार मत बदर

- Advertisement -spot_img

उमा भण्डारी
दाङ, १२ मंसिर ।
निर्वाचन आयोगले हरेक निर्वाचनमा मतदाता शिक्षाका लागि भन्दै करोडौँ रकम खर्च गर्दै आएको छ । तर त्यसको प्रभावकारिता भने शून्य प्राय देखिन्छ । यसवर्ष पनि आयोगले स्थानीय सरकारमार्फत मतदाता शिक्षाकै लागि प्रत्येक पालिकाहरूमा रकम व्यवस्थापन गरेर मतदाता शिक्षा सञ्चालन गर्न गरेको थियो ।

एकजना स्वयम्सेवक मतदाता शिक्षाका लागि न्यूनतम १० हजार रूपैयाँ पारिश्रमिकको व्यवस्थापनसमेत गरेको थियो । निर्वाचनलाई प्रभावकारी बनाउनका लागि पालिकामार्फत लाखौँ रकम खर्च गरेपनि खर्चअनुसारको उपलब्धि भने हासिल हुन सकेको छैन । अर्थात् मत बदर हुने क्रम रोकिएको छैन ।

मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै दाङका सबै पालिकाहरूले मतदाता शिक्षाकै लागि प्रत्येक वडामा पालिकाले स्वयम्सेविका परिचालन गरेका थिए । मतदाता शिक्षा प्रदान गर्ने स्वयम्सेविकाहरूलाई प्रतिव्यक्ति न्यूनतम १० हजार रूपैयाँ उपलब्ध गराउने नीतिअनुसार पालिकाहरूले वडा–वडामा जनशक्ति परिचालन गरेका हुन् । तर निर्वाचन आयोगले सावर्जनिक गरेको मतपरिणामको अवस्थाले मतदाता शिक्षा प्रभावकारी नभएको देखाएको निर्वाचन क्षेत्र नं. ३ का सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले जानकारी दिए ।

उनका अनुसार मंसिर ४ गते भएको प्रदेशसभा तथा प्रतिनिधि सभामा क्षेत्र नं.३ मा मात्रै खसेको कुल मतको ६ दशमलब ०९ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाको खसेको कुल मतको झण्डै ६ प्रतिशत मत बदर भएको छ । यसैगरी प्रदेशको खसेको कुल मतको ७ दशमलव ८४ प्रतिशत मत बदर भएको छ ।

प्रतिनिधिसभाको तर्फ ९० हजार ९ सय १ मत खस्दा ८४ हजार ४ सय ७८ मत मात्रै सदर भएको छ भने ५ हजार ४ सय २३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ का सहायक निर्वाचन अधिकृत भूपाल भण्डारीले जानकारी दिए । उनका अनुसार प्रदेशको अवस्था पनि उस्तै छ । कुल खसेको ८९ हजार ९ सय ९४ मतमध्ये ८२ हजार ९ सय ३० मत सदर भएको छ भने ७ हजार ६४ मत बदर भएको छ ।

प्रत्यक्षतर्फ दाङ क्षेत्र नं. ३ (१) मा कुल खसेको ४० हजार ४ सय ७४ मत मध्ये ३८ हजार ५ सय ९६ मत सदर भएको छ । १ हजार ८ सय ८७ मत बदर भएको छ । क्षेत्र नं. ३ (२) मा खसेको ४९ हजार ९ सय ३३ मतमध्ये ४७ हजार ६ सय ७५ मत सदर भएको छ भने २ हजार २ सय ५८ मत बदर भएको छ ।

यसैगरी दाङ क्षेत्र नं. ३ को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ खसेको कुल मत ९० हजार ५ सय ३५ मतमध्ये ८५ हजार १ सय १२ मत सदर भएको छ । ५ हजार ४ सय २३ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मतबदरको संख्या यसवर्ष पनि कम हुन नसकेको उनले बताए ।

उनका अनुसार कुनै मतपत्रमा दुई वा सो भन्दा बढी चुनाव चिन्हमा छाप लगाइएको छ । कुनै मतपत्रमा औँठा छाप लगाइएको छ । भने कुनै मतपत्रमा कोठाभन्दा बाहिर छाप लगाइएको छ ।

मत बदरको प्रकृति हेर्दा सबै ठाउँमा मतदाता शिक्षा सञ्चालन नभएको देखिएको उनले बताए । मतपत्रमा औँठा छाप लगाउन हुँदैन भन्नेबारे जानकारी नहुँदा कयौँ मतपत्रहरूमा आँैठा छाप लगाइएको छ । ‘एउटा मतपत्रमा एउटा छाप लगाउनुपर्छ भन्ने थाहा नभएर ठाउँ–ठाउँमा छाप लगाइएको छ’, उनले भने– ‘यदि मतदाता शिक्षा प्रभावकारी हुन्थ्यो भने यतिधेरै संख्यामा मत बदर हुने थिएन ।’

मतपत्रमा औँठा छाप लगाउनु, विगतका चुनावमा गरिएको मतदानको आधारमा यसपटक पनि एउटै मतपत्रमा धेरै चिन्हमा छाप लगाउनुले मतदाता शिक्षा प्रभावकारी भएन भन्ने पुष्टि गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here