- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsसमानुपातिक मत, एमाले पहिलो, काँग्रेस दोस्रो

समानुपातिक मत, एमाले पहिलो, काँग्रेस दोस्रो

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ११ मंसिर ।
प्रतिनिधि सभाको समानुपातिक र प्रदेश सभाको समानुपातिक मतको नतिजा करिब अन्तिम चरणमा छ । समानुपातिकतर्फ देशभर अघि देखिएको नेकपा एमाले लुम्बिनी प्रदेशमा पनि अघि देखिएको छ ।

निर्वाचन आयोगको विवरण अनुसार नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ ४ लाख १५ हजार ७६ मत प्राप्त गरी पहिलो भएको छ । नेपाली कांग्रेसले ३ लाख ९८ हजार ८५३ मत प्राप्त गरी दोस्रो भएको छ । प्रदेशमा प्रतिनिधि सभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा आएको छ ।

रास्वपाले लुम्बिनी प्रदेशमा प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख ६८ हजार ८१० मत प्राप्त गरेर तेस्रोमा आएको हो । प्रदेशमा प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले १ लाख ५६ हजार ४५४ मत प्राप्त गरी चौथो भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ९३ हजार ६३९, नागरिक उन्मुक्ति पार्टीले ८२ हजार ६०४, जनमत पार्टीले ६२ हजार २९५, जनता समाजवादी पार्टी, नेपालले ४९ हजार ९८६, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४५ हजार ०३९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७ हजार ९९८, राष्ट्रिय जनमोर्चाले २१ हजार ४८५, नेपाल मजदुर किसान पार्टीले १ हजार ५८२ मत प्राप्त गरेको छ ।

यस्तै मौलिक जरोकिलो पार्टीले २९६, नेपाल समावेशी पार्टीले १८८, जनता प्रगतिशील पार्टी, नेपालले १० हजार ६७२, हाम्रो नेपाली पार्टीले ७ हजार ८९९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २५३, राष्ट्रिय नागरिक पार्टीले ३६२, नेपालका लागि नेपाली पार्टीले ९७४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १७६९, मितेरी पार्टी नेपालले ५३७, बहुजन एकता पार्टी नेपालले २१०, नेपाल कम्युनिष्ट पार्टी मालेले ४ हजार १४३, मंगोल नेशनल अर्गनाइजेशनले ८ हजार ४७५ मत प्राप्त गरेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १६८, नेश्नलिष्ट पिपल्स पार्टीले १९१, नेपाल लोकतान्त्रिक पार्टीले ५५२, राष्ट्रिय जनमुक्ति पार्टीले ८ हजार ०७८, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले १५२९, नेपाली काँग्रेस (बीपी.)ले ५६१, तराई मधेश लोकतान्त्रिक पार्टीले १७९, नेपाल जनता पार्टीले ३ हजार ३८५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ४९१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) ले ६८१ पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले १४३ मत प्राप्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २२३, नेपाल कम्युनिष्ट पार्टीले १७७७, बहुजन शक्ति पार्टीले १२७३, विवेकशील साझा पार्टीले ३२८, एकीकृत शक्ति नेपालले ३६५, नेपाल संघीय समाजवादी पार्टीले १६०५, जनजागरण पार्टी नेपालले ९५६, एकल चिन्ह गितारले ५१७, आमूल परिवर्तन मसिहा पार्टी नेपालले ८१७ मत प्राप्त गरेको छ । यस्तै नेपाल आमा पार्टीले ६६७, नेपाली जनता दलले १२३३, जनसमाजवादी पार्टी, नेपालले ७२४ मत प्राप्त गरेको छ ।

प्रदेशमा पनि एमाले अघि
लुम्बिनी प्रदेशमा नेकपा एमाले प्रदेश सभाको समानुपातिकतर्फ पनि अघि भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले ३ लाख ९२ हजार ५५६ मत प्राप्त गरेर प्रदेश सभाको समानुपातिकतर्फ पनि अघि भएको छ । नेपाली काँग्रेस ३ लाख ५८ हजार ९७५ मत प्राप्त गरी दोस्रो देखिएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र १ लाख ३८ हजार ९३२ मत प्राप्त गरी तेस्रो भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार २१६ मत प्राप्त गरेर चौथो भएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले ५३ हजार ३८८, जनता समाजवादी पार्टी, नेपालले ५० हजार ७१०, जनमत पार्टीले ४८ हजार ७४२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३० हजार ९८८ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २७ हजार ५४५, राष्ट्रिय जनमोर्चाले २६ हजार ३२१, हाम्रो नेपाली पार्टीले १५ हजार ६६९, मंगोल नेशनल अर्गनाइजेशनले १० हजार ००४, राष्ट्रिय जनमुक्ति पार्टीले ९ हजार ७८४, नेपाल कम्युनिष्ट पार्टी मालेले ४ हजार ३९१, जनता प्रगतिशील पार्टी, नेपालले ४ हजार ३५७, नेपाल जनता पार्टीले ४ हजार ३०८, नेपाल आमा पार्टीले २ हजार १६७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ हजार ७४, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ३६५, नेपाल लोकतान्त्रिक पार्टीले ९८१, नेपाली जनता दलले ९४६, नेपालका लागि नेपाली पार्टीले ९२४ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीले ८३४ मत प्राप्त गरेको छ । यस्तै बहुजन शक्ति पार्टीले ८२६, जनसमाजवादी पार्टी, नेपालले ७९८, नेपाली काँग्रेस (बीपी)ले ७७९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट)ले ५७५, विवेकशील साझा पार्टीले ५१४, मौलिक जरोकिलो पार्टीले ५११, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३७२, नेश्नलिष्ट पिपल्स पार्टीले २६४ मत प्राप्त गरेको छ ।

दाङमा पनि सकियो समानुपातिक गणना
प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फ दाङमा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम विवरण अनुसार एमालेले ६७ हजार ६५४ प्राप्त गरेको हो ।

दोस्रोमा रहेको नेपाली काँग्रेसले ६१ लाख २३३ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ हजार ८५३, नेकपा माओवादी केन्द्रले ३३ हजार १९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार ६०१, नागरिक उन्मुक्ति पार्टीले ८ हजार ८९२, एकीकृत समाजवादीले ४ हजार ६९९, राट्रिय जनमोर्चाले २ हजार ३१४, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १९० मत प्राप्त गरेका छन् ।

हाम्रो नेपाली पार्टीले १ हजार ३२५, नेपाल कम्युनष्टि पार्टीले ८४४, जनता समाजवादी पार्टीले ७१०, जनमत पार्टीले ५१२, राष्ट्रिय जनमुक्ति पार्टीले २३४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट २३४, नेपाल आमा पार्टीले १९१, नेपाली जनता दलले १७६, नेपाल कम्युनिष्ट पार्टीले १६६, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी पुष्पलाल १३०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११७ प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीले ११०, नेपाली काँग्रेस बिपी १०४, आमूल परिवर्तन मसीहा पार्टी नेपाल ९५, जनसमाजवादी पार्टी ८८, नेपालका लागि नेपाली पार्टीले ६६, राष्ट्रिय मुक्ति आन्दोलनले ५५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५०, जनजागरण पार्टी नेपालले ४४, नेश्नलिष्ट पिपल्स पार्टीले ४३, एकल चिन्ह गितारले ४३, मौलिक जरोकिलो पार्टीले ४२ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाल लोकतन्त्रिक पार्टीले ४१, राष्ट्रिय नागरिक पार्टीले ४०, एकीकृत शक्ति नेपाल ३५, बहुजन एकता पार्टी नेपालले ३३, तराई मधेश लोकतान्त्रिक पार्टीले ३३, विवेकशील साझा पार्टीले २९, नेपाल संघीय समाजवादी पार्टीले २७, मितेरी पार्टी नेपालले २३, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले २२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २०, जनता प्रगतिशील पार्टीले १६, पीछडावर्ग निषाद दलित जनजाति पार्टीले १३, नेपाल जनता पार्टीले ११, नेपाल समावेशी पार्टीले ९, बहुजन शक्ति पार्टीले ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ८ मत प्राप्त गरेका छन् ।

यसैबीच प्रदेश सभातर्फ नेकपा एमालेले ७८ हजार ४५३, नेपाली काँग्रेसले ६५ हजार ७३७, नेकपा माओवादीले ३६ हजार ५९४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ४८७, नागरिक उन्मुक्ति पार्टीले १० हजार ७३६, नेपाल कम्युनिष्ट पार्टीले ७ हजार ३९२ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले ३ हजार ८८२, हाम्रो नेपाली पार्टीले ३ हजार २५३, मंगोल नेशनल अर्गनाइजेशन २ हजार ५२३, जनता समाजवादी पार्टीले १ हजार ३६३, नेपाल कम्युनिष्ट पार्टीले १ हजार १३८, जनमत पार्टीले ८६४, नेपाल आमा पार्टीले ७८२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले ४११, राष्ट्रिय जनमुक्ति पार्टीले ३५८, नेपाली काँग्रेस (बिपी)ले २१४, नेपाली जनता दलले १९१, नेपालका लागि नेपाली पार्टीले १२१, जनसमाजवादी पार्टीले, ११६ प्राप्त गरेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीले ११०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १०८, मौलिक जरोकिलो पार्टीले १०१, एकल चिन्ह गितारले ८९, नेपाल लोकतान्त्रिक पार्टीले ८८, विवेकशील साझा पार्टीले ८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ७९, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ६८, नेपाल जनता पार्टीले ५५, नेश्नलिष्ट पिपल्स पार्टीले ४४, बहुजन शक्ति पार्टीले २९, जनता प्रगतिशील पार्टीले १८, नेपाल संघीय समाजवादी पार्टीले १७ मत प्राप्त गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here