- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsनिर्वाचितलाई प्रमाणपत्र

निर्वाचितलाई प्रमाणपत्र

- Advertisement -spot_img

दाङ, ११ मंसिर ।
दाङ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रेखा शर्मा, क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी राजु खनाल र क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यमा विजयी प्रचण्डविक्रम न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै विजयी उम्मेदवारले दाङको विकास र समृद्धिका लागि इमानदारीपूर्वक निष्ठावान रुपमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसका लागि आफूहरुले सबैसँग सल्लाह र समन्वय गरेर अघि बढ्ने बताएका थिए । साथै जनताको मतले आफूहरुलाई विजयी मात्रै नबनाएर गहन जिम्मेवारी दिएको भन्दै जनताले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताएका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा विजयी रेखा शर्मा, क्षेत्र नं. २ (१) बाट प्रदेशसभा सदस्यमा विजयी राजु खनाल र क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा विजयी प्रचण्डबिक्रम न्यौपाने, लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलगायतले बिजयी उम्मेदवारहरुलाई बधाई एवं सुभकामना दिदै दाङको विकासका लागि नेतृत्वदायी भूमिकाको पहल गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत हिरण्य भण्डारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here