दाङ, १० मंसिर ।
यस पटकको निर्वाचनमा दाङमा सत्ता गठबन्धनले क्निस्वीप गरेको छ । जिल्लाका तीनवटा प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्र सबैमा गठबन्धनका उम्मेदवारहरू विजयी भएपछि शुक्रबार जिल्लाभरी विजयोत्सव मनाइएको छ ।
एमाले महासचिव शंकर पोख्रेलको गृह जिल्ला भएको दाङमा उनीसहित एमालेका सबै उम्मेदवार पराजित भएर गठबन्धनका उम्मेदवारहरूले जित हासिल गरेका छन् । सबै क्षेत्रको नतिजा आइसकेपछि गठबन्धन दलहरूले दाङका विभिन्न सहरमा शुक्रबार विजयोत्सव तथा मतदातालाई धन्यवाद ¥याली निकालेका छन् ।
दाङ ३ नं. क्षेत्रको तुलसीपुरमा, २ नं. क्षेत्रको घोराहीमा र १ नं. क्षेत्रको लमहीमा विजयोत्सव तथा धन्यवाद ¥याली निकालिएको छ । पाँच दलले मिलेर निकालेको ¥यालीमा सयौं सर्वसाधारण सहभागी थिए । दाङका सबै ठूला सहरहरू शुक्रबार विजय ¥यालीले भरिभराउ भएका थिए ।
तुलसीपुरमा शुक्रबार बिहान साढे ११ बजेदेखि तुलसीपुर–अमिलिया सडकखण्डस्थित सम्पर्क कार्यालयबाट गठबन्धनको विजय ¥याली सुरू भई ‘ङ’ लाइन हुँदै बसपार्क र वीरेन्द्र चोक हुँदै नगरपालिका लाइन हुँदै बाहिनी चोकबाट फेरि घुमेर बीपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
दाङ निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गिरी लुम्बिनी प्रदेशका रोल्पा, प्यूठान, रूकुम पूर्वलगायतका जिल्लाहरू मध्ये प्रतिनिधिसभामा टिकट पाएर जित्ने एक्ला नेता हुन् ।
३ (१)बाट काँग्रेसकै डिल्ली बहादुर चौधरी र ३ (२) बाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य धन बहादुर मास्की निर्वाचित भएपछि संयुक्त रूपमा उनीहरूले तुलसीपुर बजारमा विजय ¥याली निकालेका थिए । चौधरी हाल लुम्बिनी प्रदेशका ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्री हुन् ।
विजय ¥यालीमा सयौं सर्वसाधारण सहभागी थिए । बाजागाजासहित नाच्दै गाउँदै नेता कार्यकर्ताहरू अबिर जात्रा गर्दै उनीहरूले खुसी साटेको देखिन्थ्यो । निर्वाचित सांसदहरू भने गाडीमा बसेर सर्वसाधारणलाई हात हल्लाउँदै बजार परिक्रमा गरेका थिए ।
दिनभर तुलसीपुरको वीरेन्द्र चोकदेखि जेसीज चोकसम्म गठबन्धनका कार्यकर्ताहरूको भरिभराउ थिए । विजेताहरूलाई नेपाली काँग्रेस तुलसीपुर नगरसमितिले निर्माण गरेका पाँच÷पाँच किलोका सयपत्रीको माला तीनैजना निर्वाचित सांसदहरूलाई लगाएर स्वागत गरिएको थियो ।
दाङको निर्वाचन क्षेत्र नं २ अन्तर्गत घोराहीमा पनि शुक्रबार विजयी ¥याली निकालिएको थियो । क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, २ (१) मा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनाल र २ (२) मा काँग्रेसकै युवा नेता प्रचण्ड विक्रम न्यौंपाने (गुन्टु) निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ को लमही बजारमा पनि शुक्रबार गठबन्धन दलहरूले विजय ¥याली निकाले । यहाँ प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी, (१) मा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारू र (२) मा नेपाली काँग्रेसका युवा नेता अनुराग खड्का निर्वाचित भएका छन् ।
गठबन्धन दलहरूका समर्थक र नेताहरू भने निर्वाचनमार्फत संविधान चाहने र नचाहने तथा यथास्थितिवादी र अग्रगमणकारी शक्तिबीचको लडाइमा प्राप्त विजयलाई जनताले उत्सवका रूपमा मनाएको कुरालाई अन्यथा अर्थ लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।
जनताको अभिमतको दुरूपयोग गर्दैनौ
दाङमा निर्वाचित गठबन्धनका उम्मेदवारहरूले जनताको अभिमतको पूर्णरूपमा सम्मान गर्ने बताएका छन् । जनताको भावनाको सम्मान, लोकतन्त्र र संविधानको रक्षाका लागि लाग्ने बताए । उनीहरूले जनताको मतको कदर गरेर भावनाअनुसार पाँच वर्ष काम गर्ने प्रतिवद्धतासमेत गरेका छन् । विजयीको श्रेय आमजनता रहेको भन्दै आभार तथा धन्यवाद प्रकट गरेका छन् ।
शुक्रबार तुलसीपुरमा आयोजित विजयी ¥यालीपछि कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले जनताले दिएको जिम्मेवारीलाई दायित्वबोध गर्दै दाङ जिल्लाको समग्र विकास र संविधान र लोकतन्त्रको रक्षाको लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।
टरिगाउँ एयरपोर्टलाई स्तरबृद्धि गरी चलायमान बनाउने, राप्ती प्रादेशिक अस्पताललाई सुपर इस्पेशलस्ट बनाउने, चारलेन सडकलाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने, युवा रोजगार, महिलालाई उद्यमशीलता बनाउन सीप विकासका कार्यक्रमहरू ल्याउने गिरीले बताए । पूर्वमन्त्रीसमेत रहेका गिरीले अब देश भ्रष्टाचार हट्नेतर्फ समेत गरे ।
दाङ क्षेत्र नं.३ (१) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित डिल्ली बहादुर चौधरीले मतदाताको शिर नझुक्ने गरी जनतासामु काम गरेर देखाउने प्रतिबद्धता जनाए । त्यस्तै क्षेत्र नं. ३ (२) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित धनबहादुर मास्कीले पश्चिम दाङको सम्रग विकास र हितका लागि काम गर्ने प्रतिबद्धता जनाए । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गरेका थिए ।