- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरहिंसाविरूद्धको १६ दिने अभियान सुरू

हिंसाविरूद्धको १६ दिने अभियान सुरू

- Advertisement -spot_img

तुलसीपुर, १० मंसिर ।
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुक्रबारदेखि सुरू भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने १६ दिने यसवर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

तुलसीपुरसहित जिल्लाका विभिन्न पालिकाहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विविध कार्यक्रमहरू गरी यसवर्ष पनि ३१औँ १६ दिने अभियान सुरू गरेका छन् । यसवर्ष ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसाविरूद्धको अभियान’ राष्ट्रिय नारासहित हिंसाविरूद्धको १६ दिने अभियान देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइदै छ ।

तुलसीपुर उपमहानगरले पनि शुक्रबार एक कार्यक्रमको आयोजना गरी १६ दिने अभियानको शुभारम्भ गरेको छ । तुलसीपुर क्षेत्रमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको समन्वय र सहकार्यमा १६ दिने अभियानअन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन गर्ने गरी अभियानको शुभारम्भ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा मिडिया एड्भोकसी ग्रुप, ओरेक नेपाल लगायतका विभिन्न संघसंस्थाहरूको समन्वय तथा सहकार्यमा शुक्रबारदेखि १६ दिने अभियान सुरू भएको छ ।

‘महिला सशक्तिकरण, नेतृत्व र सम्मानः तुलसीपुरको पहिचान’ भन्ने स्थानीय सरकारको नारासहित तुलसीपुरमा अभियान सुरू भएको छ । सामाजिक विकास समिति सदस्य बसन्ता केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी अभियानको उद्घाटनसमेत गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले हिंसारहित समाज निर्माणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । दिगो विकासको लक्ष्यप्राप्तीका लागि लैंगिक समानता र हिंसारहित समाज पहिलो आवश्यकता भएकाले रहेक क्षेत्र, हरेक निकायलाई हिंसारहित बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रशासन शाखा प्रमुख विष्णु कुमारी आचार्य, महिला जनप्रतिनिधि यमुना परियार, न्यायिक समिति संयोजक देवि पोख्रेल–लगायतले प्रत्येक घर–घरबाट हिंसाविरूद्धको अभियान सुरू हुनुपर्ने बताए । कार्यक्रममा बाल–अधिकारकर्मी नवराज लामिछानेले बालबालिकाहरू सबैभन्दा जोखिममा रहेकाले उनीहरूको संरक्षणमा सबैले ध्यान दिन जरूरी रहेको बताए ।

लैंगिक हिंसाका कारण बालबालिकाहरू आफ्नो अधिकारबाट बञ्चित हुने, उनीहरूलाई संरक्षणको अभाव हुने र बालअधिकार नै संकटमा पर्ने भएकाले घर, परिवार र समाजलाई हिंसामुक्त बनाउन जरूरी रहेको बताए । उनले कानुनले व्यवस्था गरेका हरेक नीति र कार्यविधिलाई कार्यान्वयनमा ल्याउन सके अभियानले सार्थकता पाउने बताए ।

तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख टिकाराम खड्काले हिंसाविरूद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । लैंगिक समानता, सामाजिक समावेशीता नै विकास निर्माणको मूख्य आधार भएको भन्दै उनले लैंगिक विभेदको अन्त्य गर्न जरूरी रहेको बताए । समाजमा अहिलेपनि हिंसाजन्य घटनाहरू हुने गरेको भन्दै उनले यसप्रति सबै सजक र जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा १६ दिने अभियानको औचित्य र आवश्यकताका बारेमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले प्रष्ट पारेकी थिइन् । कार्यक्रममा ओरेककी जिल्ला संयोजक ईश्वरी थापाले तुलसीपुरको लैंगिक हिंसाको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखामा कार्यरत ललिता कँडेलले गरेकी थिइन् ।

शान्तिनगरमा अन्तरक्रिया
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुक्रबारबाट सुरू भएको छ । अभियानका क्रममा शुक्रबार शान्तिनगर गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकाले उपाध्यक्ष प्रेमा केसीको संयोजकत्वमा १६ दिने अभियानको उद्घाटन गरिएको छ ।

शान्तिनगर गाउँ पालिकाको आयोजना तथा आइएन एनएफ र ओरेक नेपालको समन्वयमा पालिकास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको महिला बालबालिका शाखाले जनाएको छ । सहभागीहरूले सभ्य समाज निर्माण गर्न सबै सरोकारवाला निकायसँग समन्वय हुनु जरूरी रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, वडा अध्यक्षहरू मीन बहादुर केसी, गोमान बहादुर ओली, शेरबहादुर भण्डारी, सुनिल ओलीलगायतले बोलेका थिए । महिला बालबालिका शाखा प्रमुख सावित्रा आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन आइ एनएफका सुभरपाइजर चुल्लु चौधरीले गरेका थिए भने कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here