- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsको हुन् डिल्ली चौधरी ?

को हुन् डिल्ली चौधरी ?

- Advertisement -spot_img


कुनै बेला उनको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो । पढाइ लेखाइ उनको समुदायमै आकाशको फल जस्तै थियो । चौधरी समुदायका उनै मान्छे अर्थात् डिल्ली बहादुर चौधरीको यात्रा बेसदेखि प्रदेशसम्मै चर्चामा छ । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रीको रूपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाईनमा पुगेका छन् ।

२०४२ सालदेखि राजनीति र सामाजिक सेवामा सक्रिय चौधरी भारी मतान्तरसहित यसपटक दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट प्रदेश सभा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका छन् । चौधरीले आफ्नो समुदायलाई मात्र नभएर अन्य अल्पसंख्यक गरिबीको रेखामुनी रहेका नागरिकहरूलाईसमेत शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत उनी टुकी लिएर गाउँ–गाउँ छिरे । त्यो बेला लाल्टिनको परिकल्पनासमेत मुस्किल थियो । एउटा हातमा टुकी र अर्को हातमा कापी पेन्सिल बोकेर उनै डिल्ली चौधरीले खोलेको बेसको जागरण भोलेन्टियर गाउँ–गाउँसम्म पुगे ।

दिनभर थारू समुदाय खेतबारीमा हुन्थ्यो, त्यसैले बेसले चलायो रात्री प्रौढ कक्षा । नामसम्म लेख्न सिकाउने संकल्प लिएको बेसले प्राथमिक शिक्षासम्मको अभियान पूरा ग¥यो । गाउँ–गाउँमा सन्ध्याकालिन समयमा हरेक थारू बस्तीमा एउटा टुकी बलिरहेको हुन्थ्यो । टुकीको उज्यालोमा निरक्षर महिलाहरूले धर्को तान्न सिक्थे । क्रमश थारू समुदायमा साक्षरताको दियो बल्न थाल्यो । माथिल्ला कक्षामा पढ्ने चाहना सिर्जना हुन थाल्यो त्यसको योजनाकार हुन डिल्ली बहादुर चौधरी ।

त्यसपछि धर्तीपुत्र मानिने तर, पछाडि पारिएको समुदाय थारू होस् वा अन्य गरिबी र अशिक्षाको रेखामुनी बाँचिरहेका समुदायलाई शिक्षाको पहुँचमा पु¥याउन र शिक्षाको ज्योती फैलाउन उनले महत्वपूर्ण काम गरे । रात्री शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका लाखौं त्यस्ता सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ ।

बेसको कार्यक्रमण् त्यत्तिमा मात्रै सीमित रहेन । यहि संस्थामार्फत कमैया मुक्ति अन्दोलनको पनि सूत्रपात भयो । त्यसपछि कम्लहरी मुक्ति आन्दोलनमा पनि बेसले नेतृत्व ग¥यो । संस्थागत नेतृत्वकर्ता उनै डिल्ली बहादुर चौधरी बेसलाई उचाई दिइरहदा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरिसकेका थिए ।

कमैया मुक्ति आन्दोलन र थारू समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बालअधिकारको क्षेत्रमा पनि क्रियाशील बने । भारतका बाल बचाओ अभियानका कैलास सत्यार्थीसँगको सम्बन्धका कारण उनी बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशील भए ।

१७ वर्षको कलिलो उमेरमा नै डिल्ली बहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिक रूपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरूवात गरे । नेपालको तल्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिबासी थारू र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाइरहदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ ।

थारू समुदायमा जमिन्दारहरूले दासताको प्रभाव बढाएर आर्थिक तथा सामाजिक श्रमिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारूहरूमाथि गर्ने शोषण झन्झनै बढ्दै गयो र पुस्तौँसम्म थारूहरू ऋणमा अल्झिदै गए । त्यसपछि कमैया मुक्तिको आन्दोलनमा उनी लागे सफल पनि भए । थारू तथा पिछडिएका समुदायको सशक्तिकरणमा जुटेका चौधरीलाई तत्कालिन निरंकुश पञ्चायत शासन व्यवस्थाले देशद्रोही भएको आरोप लगाउँदै प्रहरी हिरातमा पनि धेरै पटक लगेको थियो ।

डिल्ली बहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरू समावेश छन् । त्यही कारण उनले अशोका फेलोसिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्कार अमेरिकी भूतपूर्व राष्ट्रपति जिमि कार्टरबाट प्राप्त भएको हो ।

द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, युके (२००२) दासता विरूद्ध काम गरेवापत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत दुई पुरस्कारहरूः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिणबाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुन् ।

यी त भए बेसले चिनाएका चिनारी । दाङ निर्वाचन क्षेत्र नं. ३ ( १) बाट प्रदेश सभा सदस्यमा निर्वाचित चौधरीको अबको लक्ष्य प्रदेशको नेतृत्व गर्नेछ । सामाजिक अभियन्ताका रूपमा चिनिएका चौधरीलाई संघीय सरकारले पनि मूल्यांकन ग¥यो । त्यसैले उनी राजनीतिमा समानुपातिक सांसदका रूपमा राजनीतिमा तानिए ।

२०७०—०७४का संविधानसभा सदस्यको रूपमा रहे । त्यहि समयमा उनी श्रम राज्य मन्त्रीको पनि भूमिकामा रहे । वैदेशिक रोजगारलाई सहज र व्यवस्थित बनाउन पनि चौधरीको छोटो समयमै अर्थपूर्ण योगदान रह्यो । दोस्रो पटक प्रदेश सभामा निर्वाचित उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री प्रस्तावित व्यक्ति हुन् ।

यसअघि उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहदा प्रदेश सरकारमा ह्वाइट वडि काण्डलाई उजागर गर्दै कमिशनमा खरिद भएको आफैले चढेको गाडी पनि स्टोरमै फिर्ता गरेका थिए । दाङलाई राजधानी घोषणा गर्ने सन्दर्भमा उनले आफ्नै संसदीय दलको ह्वीपसमेत उल्लंघन गरेका थिए । अघिल्लो प्रदेश सभाको निर्वाचनमा उनी एक भएको नेकपाका उम्मेदवारलाई हराएर राप्तीमा एकमात्र विजयी उम्मेदवार घोषित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here