- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homeविचारकुसुन्डाका समस्या

कुसुन्डाका समस्या

- Advertisement -spot_img

सबै जातजाति, धर्म, वर्ग, समुदायका आ–आफ्ना समस्या हुन्छन् । समस्याहरूको प्रकृति मात्रै फरक हो । कति व्यक्तिगत समस्याको महत्वमा होलान्, कति समुदायभित्रको समस्यामा केन्द्रित होलान् । जुन समस्या भएपनि त्यसको समाधान खोज्नु उत्तम हुन्छ । तर कतिपय समस्याहरू यस्ता हुन्छन् जुन समस्या सामूहिक र समुदायकै हुन्छ त्यो समस्यामा कम चासो हुन्छ । कुसुन्डा जातिको समस्या त्यस्तै एउटा समस्याको विषय हो ।

बसोबासदेखि नेपाली नागरिक बन्नेसम्मका समस्या कुसुन्डा जातिमा देखिनुले परिवर्तनको लागि सारा गरि सकिम भन्नेहरूलाई चुनौती थप्नु स्वभाविक रहन्छ । राजनीतिक परिवर्तनपछि सबै क्षेत्रको समस्या समाधान गरेर जनताको हितका कार्य हुने अपेक्षा नागरिकले गर्नु पनि स्वभाविक हुन्छ । त्यो अपेक्षा पूरा भएन भने जनताका गुनासा सार्वजनिक हुन्छन् । त्यस्तै अहिले गुनासो कुसुन्डा समुदायको छ । उनीहरूको समस्यामा अहिले पनि राज्य गम्भीर हुन नसक्नु राम्रो पक्ष हैन ।

कुसुन्डा जाति लोपोन्मुख जाति हो । नेपालमा लोपोन्मुख जातिको सूचीमा सूचिकृत भएको जातिको संरक्षण र प्रवद्र्धनमा राज्यबाट लगानी र चासो हुनुपर्छ । तर दाङमा त्यो देखिएको छैन । कुसुन्डाहरूको समस्यामा जग्गा स्वामित्व, नागरिकता, शिक्षादिक्षा, रोजगार, भाषा संस्कृति संरक्षण रहेका छन् । आफ्नो तर्फबाट केही प्रयासहरू यी विषयमा भए पनि राज्यको तर्फबाट पूर्णरूपमा समाधानको प्रयास भएको देखिदैन ।

२०४८ सालको जनगणनामा २ सय ६४ जना कुसुन्डाको तथ्याङ्क देखिएको छ । २०५८ सालमा त्यो सख्या घटेर १ सय ६४ मा पुग्यो । यसको कारण पनि संरक्षण नभएर नै हुन सक्छ । जसमा अहिले नेपालमा कुसुन्डा जातिको जनसंख्या २ सय ७३ पुगेको छ । दाङमा ९८ जना छन् । ५० जना महिला र ४८ जना पुरूष भएको तथ्याङ्कले देखाएको छ । जंगलीबाट सामाजिक जीवनमा प्रवेश गरेका कुसुन्डाको संरक्षण अहिलेको आवश्यकता हो । उनीहरूको समस्याहरूलाई सम्बोधन गरेर जीविका सहज बनाउनेतर्फ राज्यले सोचिदिनु पर्छ ।

परिवर्तनहरू आवश्यकता अनुसार भएका छन् । सबै परिवर्तन संस्थागत भए पनि कुसुन्डाको जीवन निर्वाहमा भने कुनै परिवर्तन आएको छैन । जंगली जीवनबाट समुदायमा आएपनि अहिलेका समस्याहरूले कुसुन्डालाई सताई रहनु उचित हैन । कुसुन्डालाई पनि परिवर्तनको अनुभूति दिलाउनुपर्छ । पुस्तौंदेखि समाजमा दबिएर बसेका कुसुन्डालाई हेप्ने प्रवृत्ति हटाएर कुसुन्डाका समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here