- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsबैतडी दुर्घटना : घाइतेहरुको उद्दारका लागि हेलिकप्टर बोलाइदै

बैतडी दुर्घटना : घाइतेहरुको उद्दारका लागि हेलिकप्टर बोलाइदै

- Advertisement -spot_img

बैतडी ,५ मंसिर  । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र  चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौं, सेनाको हेलिकप्टर आउँदैछ ।”

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here