- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsनाम भएको ठाउँमा जाँदै मतदाता

नाम भएको ठाउँमा जाँदै मतदाता

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ३ मंसिर ।
रिम बहादुर बिसीले मंसिर ४ मा हुने निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्दैछन् । सल्यानको शारदा नगरपालिका वडा नम्बर ५ का बिसी यसपटकको निर्वाचनमा भोट हाल्न शुक्रबार नामावली भएको ठाउँ सल्यानमा गए ।

उमेरले ३२ वर्षको भएपनि लामो समय वैदेशिक रोजगारीमा रहेका कारण आफ्नो मताधिकार प्रयोग गर्न नपाएका उनले मंसिर ४ मा पहिलो पटक मताधिकार प्रयोग गर्न लागेको बताए । ‘मैले यसपटक पहिलोपटक आफ्नो मत प्रयोग गर्दैछु’ उनले भने– ‘पहिलो पटक निर्वाचनमा सहभागी हुँदा उत्साहित छु ।’ तुलसीपुरमा ग्रिल उद्योगमा कार्यरत बिसीले आइतबार हुने निर्वाचनमा शुक्रबार नै घरमा जान लागेको बताए ।

‘निर्वाचन महान पर्व हो, यसकारण पनि ममात्रै होइन्, धेरै मतदाता उत्साहित हुनुहुन्छ ।’ उनले भने– ‘यसपटकको निर्वाचनमा सहभागी नभए फेरि पाँच वर्षअघि भोट हाल्ने अधिकार प्रयोग गर्न पाइदैन् ।’ मंसिर ४ मा हुने निर्वाचनमा भोट हाल्नका लागि रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का जीतबहादुर घर्ती पनि शुक्रबार घर जाँदै थिए ।

तुलसीपुरमा होटल व्यवसाय गरेर बसेका जीतबहादुरले पनि निर्वाचनकै लागि घर जान लागेको बताए । ‘म निर्वाचनमा भोट हाल्नकै लागि घर जाँदैछु’ उनले भने–‘शनिबारमा गाडीको समस्या हुने भएकाले शुक्रबार नै घरतर्फ जान लागेको हुँ ।’

जीतबहादुर अहिलेसम्म तीनवटा निर्वाचनमा भोट हालेका छन् । उनले भने– ‘यसपटक राम्रै उम्मेदवारलाई भोट दिउँ भनेको खै कस्तो पर्ने हुन् ।’ मंसिर ४ को निर्वाचनमा सहभागी हुन रिमबहादुर र जीतबहादुरजस्तै धेरै मतदाता कर्मथलोबाट जन्मथलोमा पुगेका छन् ।

नेपालको संविधान २०७२ जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता उत्साहका साथ भोट हाल्न नामावली भएको ठाउँतर्फ लागेका छन् । मताधिकार प्रयोग गर्नका लागि नामावली भएको स्थानमा आउने तथा जानेक्रम चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले बताए ।

‘सार्वजनिक बसमा यात्रुको भिडभाड त छैन् तर दाङ भित्रने र बाहिरिने क्रम जारी छ ।’ उनले भने– ‘कतिपय मतदाता १०÷१५ दिन अघि नै फर्किसकेकोले अहिले धेरै भिडभाड छैन् ।’

दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
भोलि हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा १ सय ५३ मतदान स्थल र ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।

तिमध्ये ६१ मतदान केन्द्रको नेतृत्व महिलाले गरेका छन् । प्रतिनिधिसभाको तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर १ मा २४, क्षेत्र नम्बर २ मा १७ र क्षेत्र नम्बर ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै ३ हजार ८ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मङ्सिर ४ गते भोलि हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी करिब तयारी पूरा भएको छ । मतदानस्थलमा कर्मचारी र मतदान सामग्री पुगिसकेको प्रदेश निर्वाचन निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताए । उनका अनुसार क्षेत्र नम्बर १ मा एक सय ५२ मतदान केन्द्र रहेका छन् भने १ हजार २ सय १६ कर्मचारी खटिएका छन् ।

क्षेत्र नम्बर २ मा १ सय ४५ मतदान केन्द्र रहेका छन् भने करिब १ हजार १ सय ६० कर्मचारी खटिएका छन् । यस्तै क्षेत्र नम्बर ३ मा एक सय ६८ मतदान केन्द्र रहेका छन् भने करिब १ हजार ३ सय ४४ कर्मचारी खटिएका छन् । कर्मचारीसँगै करिब ५ हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here