- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homeमुख्य खबरराप्ती बबई क्याम्पस क्यूएए प्राप्त

राप्ती बबई क्याम्पस क्यूएए प्राप्त

- Advertisement -spot_img

दाङ, ३ मंसिर ।
दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मूल्यांकनको प्रमाणपत्र प्राप्त गरेको छ । गएको कार्तिक ३० गते क्याम्पसले क्यूएएको प्रमाणपत्र प्राप्त गरेको हो ।

देशभरका १४४० क्याम्पसमध्ये यो वर्ष ८२ वटा क्याम्पसले क्यूएए प्राप्त गरेका छन् । धेरै चरणहरू पार गरेर राप्ती बबई क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस सञ्चालन समितिका अध्यक्ष डा विष्णुकुमार देवकोटाले बताए । क्यूएए प्राप्त एउटा ऐतिहासिक उपलब्धि रहेको क्याम्पस प्रमुख युवराज रावतले बताए ।

क्याम्पसका सबै शिक्षक, विद्यार्थीलगायत क्षेत्रको सबैको साथ सहयोग र मेहनतका कारण क्याम्पसले क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख रावतले बताए । क्यूएएको प्रमाणपत्र प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै क्याम्पस प्रमुख रावतले अब यो गुणस्तरियतालाई कसरी बचाउँने भन्ने अवसरका साथ चुनौती थपिएको बताए । आफूहरूले कडा मेहनतका साथ क्याम्पसको गुणस्तरियतालाई बचाउने पनि उनले बताए ।

क्यूएए प्राप्तीको लागि गएको भदौ २१ गतेदेखि २३ गते प्रा.डा. देवराज अधिकारीसहितको तीन सदस्य टोलीले तीन दिनसम्म क्याम्पसको अनुगमन गरेको थियो । त्यसअघि गएको वर्ष पहिलो चरणको अनुगमन भएको थियो । अनुगमन टोलीले व्यवस्थापन समिति, विभागीय शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै भौतिक अवस्थाको पनि अवलोकन गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here