- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsआमनिर्वाचन २०७९, १२ स्थल अति संवेदनशील, सुरक्षा व्यवस्थामा कडाइ

आमनिर्वाचन २०७९, १२ स्थल अति संवेदनशील, सुरक्षा व्यवस्थामा कडाइ

- Advertisement -spot_img

हेमराज पविर्तन
दाङ, ३ कार्तिक ।
भोलि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये दाङका १२ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

जिल्लाको कूल ४ लाख १४ हजार ९ सय ५६ मतदाताका लागि १ सय ५३ मतदानस्थल र ४ सय ६५ मतदान केन्द्रको व्यवस्था गरिएकोमा १२ मतदानस्थल अति संवेदनशील, एक सय ३० संवेदनशील र ११ सामान्य रूपमा वर्गीकरण गरिएको निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको हो । बबई गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बताए ।

अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

निर्वाचनमा खटिदै चार हजार कर्मचारी
निर्वाचन प्रयोजनका लागि दाङमा करिव चार हजार कर्मचारी खटिएका छन् । १ सय ५३ मतदानस्थल र ४ सय ६५ मतदान केन्द्र रहेको जिल्लामा ३ हजार ७ सय २६ जना कर्मचारी खटिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार प्रत्येक मदतान केन्द्रमा एक÷एकजना मतदान अधिकृत र सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र एक÷एक कार्यालय सहयोगी गरी ३ हजार ७ सय २७ जना खटिएको कार्यालका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए । खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेका छन् ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा १ हजार २ सय १६, निर्वाचन क्षेत्र नं. २ मा १ हजार १ सय ७१ र निर्वाचन क्षेत्र नं. ३ मा १ हजार ३ सय ३९ जना कर्मचारी खटाइएकोे निर्वाचन कार्यालयले जनाएको छ ।

पाँच हजार सुरक्षाकर्मी
दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा ३ हजार ५ सय नेपाल प्रहरी, १ हजार ९ सय ३० म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

सुरक्षा व्यवस्थामा कडाई
आसन्न निर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ हिरालाल रेग्मीले जानकारी दिए ।

उनका अनुसार निर्वाचनका लागि करिव पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको बताए ।

प्रजिअ रेग्मीले भने, ‘प्रत्येक पालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौं।’

जिल्लाका सबै ठाउँमा रहेका मतदानस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ । निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरूलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरू गम्भीरका साथ लागिपरेको प्रजिअ रेग्मीले बताए ।

उनले सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here