Thursday, April 25, 2024
Homeसाहित्यस्वर्ग नखोजौं !

स्वर्ग नखोजौं !

- Advertisement -spot_img


श्रीराम दहित


स्वर्ग लोक यस धर्ती मै छ, किन प्यासी बनी दौडमा छौँ
यस धर्तीलाई स्वर्ग देख्ने कर्म गर्न सबै सधैं अघि बढौं

क्षमता, दक्षता, सीप जति छन्, पुरूषार्थ धर्तीमा देखाऔं
निस्वार्थ भावद्वारा गरिएको कर्म जगत्मा सारा फैलाऔं

पिता– पुत्र, पति–पत्नी, दाजु–भाइ बीच प्रेम सद्भाव छ जहाँ
सासू–बुहारी, जेठानी–देवरानी, दिदी–बहिनीप्रतिको प्रेम परिवारमा जहाँ

पीडा, चिन्ता, फाइदा–बेफाइदा सबै परिस्थितिमा हुन्छ सहकार्य जहाँ
सुखदुःख एक सिक्काको दुई पाता हुन् भनी सहन गर्न सकिन्छ जहाँ

जति सकिन्छ प्राणी मात्रलाई प्रेम सहयोग सधैं गरौँ
रोइ दिन काट्ने जति छन्, मानवीय मूल्य महत्व बताऔं

निर्धो सज्जनसँग सधैं शिर झुकाऔं, बलवान दुष्टसँग लडौं
साँचो अर्थमा मनुष्य बनी, आदर्श जीवन सधैं बिताऔं

समुदाय छिमेकमा हरपल निष्कपट सुमधुर सम्बन्ध राखौं
उनीहरूको सुखमा रमाऔं सधैं, दुःखमा सेवा सद्भाव राखौं

जहाँका बासिन्दा हामी हौं, आदर्श गाउँ टोल बनाऔं
दोष दुर्गन्ध नजिक नराखी, शिक्षा ज्ञान घर–घरमा फैलाऔं

अज्ञान मेटाऔं स्वयं सारथीको आलोकित जीवन बनाऔं
हामी सबै ऋणी धर्तीका सन्तान हौं यसैलाई स्वर्ग बनाऔं

हामी धर्तीका बसोबासीहरू धर्तीलाई स्वर्ग बनाऔं
कहिँ कतै स्वर्ग छ भने असल कर्म गरी अवतरण गराऔं

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here