Friday, March 29, 2024
Homeमुख्य खबरलेखक संघको कवि गोष्ठी

लेखक संघको कवि गोष्ठी

- Advertisement -spot_img

घोराही, २४ कार्तिक ।
लेखक संघ दाङले घोराहीमा कवि गोष्ठी कार्यक्रम गरेको छ । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको गोष्ठी कार्यक्रममा दर्जनौँ कविहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष खगराज न्यौपाने, प्रमुख अतिथि पुरूषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, सिस्नोपानी नेपाल दाङ शाखाका अध्यक्ष डा.लोकराज पराजुली, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष डा.कृष्णराज डिसी, साहित्यकाहरू दामोदर पौडेल, देवेन्द्रकुमार रिजाल, विणा रोका, कमला रिजाल, तिला पन्थी, कमला रावत, हुमबहादुर डिसी, भागवत शर्मा, भूपेन्द्र सुवेदी, गिरिप्रसाद पन्थी, गोपाल भुसाल ‘अभिलाषी’, नगेन्द्र गुरूलगायतले आ–आफ्ना रचना वाचन गरेका हुन् ।

लेखक संघ दाङका सदस्य डा. हिमलाल पन्थीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष गोविन्द पौडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here