Thursday, September 5, 2024
Homeअर्थसंघले बैंकविरूद्ध आन्दोलन गर्ने

संघले बैंकविरूद्ध आन्दोलन गर्ने

- Advertisement -spot_img

दाङ, १७ कार्तिक ।
राष्ट्र बैंकले बृद्धि गरेको ब्याजदरको विरोधमा व्यवसायीहरू आन्दोलित बनेका छन् । बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू मारमा परेको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रमहरू गर्दै आएको छ ।

एक अंकको ब्याजदर कायम नभएमा, पुरानो चालुपूँजी कर्जा निर्देशिका यथावत नभएमा बैंकविरूद्ध आन्दोलको कार्यक्रम गरिने संघले जनाएको छ । बैंक ब्याजको विरोधमा आन्दोलनको घोषणा गरेको संघले बिहीबार वस्तुगत समितिसँग छलफल गर्दै अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसायीहरू बाध्य भएर आन्दोलनमा जानुपरेको बताए ।

उनले एक अंकको ब्याजदर कायम हुनुपर्ने, बैंकहरूले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्कलगायतका कुनै पनि शुल्क लिन नपाउने माग राखिएको जानकारी दिए । पुरानो चालुपूँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रूपले लागू पर्ने, कर्जाको ब्याजदर पुनर्संरचना गर्न दिनुपर्ने, बैंकहरूले अगाडि बढाएका लिलामी प्रक्रियाहरू तत्काल स्थगित गर्नुपर्ने लगायत माग रहेको अध्यक्ष बुढाथोकीले बताए ।

आगामी कार्तिक २३ गतेसम्म गरिएको चरणवद्ध आन्दोलनलाई बेवास्ता गरी मागहरू सम्बोधन नभएमा बैठक बसी २४ गतेबाट आन्दोलनका थप कार्यक्रम निर्धारण गर्नेसमेत उनले बताए । संघले आन्दोलनअन्तर्गत विरोध ¥याली, कोणसभा, बैंकहरूमा प्लेकार्डसहित धर्ना बस्ने, कार्यक्रम रहेकाले वस्तुगत समितिको पनि सहयोग रहने बताएका थिए ।

‘पहिलो चरणको आन्दोलनबाट माग पूरा नभए थप कडा आन्दोलन गरिने छ’ उनले भने– ‘निजी क्षेत्रलाई धरासयी बनाउने गरी बैंक तथा वित्तीय संस्थाहरूले महिनैपिच्छे बढाईरहेको कर्जा ब्याजदरको विषयलाई लिएर निजी क्षेत्र आन्दोलित बनेको छ ।’ छलफलमा सहभागीहरूले संघले थालेको आन्दोलनमा आफूहरूको पनि साथ र सहयोग रहने बताएका थिए । वृद्धि गरेको व्याजको कारण उद्योगी, व्यवसायी तथा नागरिकले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ थियो ।

बृद्धि गरिएको ब्याज फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्नसमेत आग्रह गरेका थिए । त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, सन्तोष श्रेष्ठ, निमबहादुर बुढाथोकी, विष्णुप्रसाद सुवेदी, दीपक पाण्डे, दामोदर केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । संघले विभिन्न क्षेत्रसँग यस विषयमा छलफल जारी राखेको छ । सबै क्षेत्रको छलफल गरेर अगाडि बढ्ने पनि संघले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here