- Advertisement -spot_img
Wednesday, December 7, 2022
Homebreaking-newsखेलाडीलाई प्रोत्साहन गर्छौः नगरप्रमुख

खेलाडीलाई प्रोत्साहन गर्छौः नगरप्रमुख

- Advertisement -spot_img

तुलसीपुर, १३ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले खेलाडीलाई पालिकाको तर्फबाट प्रोत्साहन गरिने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ ले आयोजना गरेको वडास्तरीय वडा अध्यक्ष कप प्रतियोगिताको बुधबार उद्घाटन गर्दै उनले तुलसीपुर क्षेत्रमा पछिल्लो चरणमा खेलाडीहरूले राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याएकोमा पालिकाको तर्फबाट सम्मान र प्रोत्साहनको कार्यक्रम अघि बढाएको बताए ।

वडा अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षता एवं नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वडा अध्यक्ष चौधरीले पछिल्लो समयमा कोठरीको कोटियाडाँडा खेल मैदान अतिक्रमणको चपेटामा परेको अतिक्रमण हटाउनका लागि पालिकाबाट सहयोग गर्नका लागि अनुरोध गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा खेलकुद तथा युवा समितिका संयोजक शिवानन्द डाँगी, वडा नम्बर १४ का वडा अध्यक्ष शंकर खड्का, तुलसीपुर उपमहानगरपालिका युवा परिषद्का उपाध्यक्ष रविन्द्र डाँगीलगायतका वक्ताहरूले बोलेका थिए । वडा अध्यक्ष कपको प्रथम पुरस्कार ४० हजार, दोस्रो पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here