Friday, April 19, 2024
Homebreaking-newsसुधार हुँदै विद्यार्थीमा पठनसीप

सुधार हुँदै विद्यार्थीमा पठनसीप

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, २४ भदौ ।
सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूमा पठन संस्कृतिको विकास हुँदै गएको छ । प्रारम्भिक तहका कक्षाहरूमा पठन संस्कृतिको अभ्यास बढ्दै गएपछि पठनसीपमा सुधार हुँदै गएको देखिएको छ ।

विद्यार्थीहरूले पढ्न बोल्न र बुझ्न सकेमात्र शिक्षण सिकाइ प्रभावकारी बन्नेबारे शिक्षकहरू सचेत बन्दै गएपछि विद्यार्थीहरूको पठनसीप पनि सुधार बन्दै शिक्षा सरोकारवालाको भनाइ छ । कुनै समय कक्षा ५ सम्म पढ्दा पनि वाक्य पढ्न नसक्ने अवस्थामा विद्यार्थीहरू थिए भने अहिले कक्षा २ र ३ मा अध्ययन गर्ने विद्यार्थीहरू अक्षर चिन्न र सहजै वाक्य पढ्न सक्ने भएका छन् । बिहीबार तुलसीपुरमा आयोजना गरिएको पठनसीप प्रतियोगिताले त्यसको पुष्टि गरेको छ ।

५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले पठनसीप प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा तुलसीपुरका सामुदायिक विद्यालयका कक्षा २ र ३ मा अध्ययन गर्ने करिब ९३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा ८० शब्दको बाल कवितामार्फत विद्यार्थीहरूको पठनसीपको मूल्यांकन गरिएको थियो । प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम ईजिआरपीको अवधारणानुसार ध्वनी, लेख्यवर्ण, अक्षर र मात्रा चिनारी, पठन वेग र बुझाइ सचेतीकरणको आधारमा विद्यार्थीहरूको पठनसीप मूल्यांकन गरिएको हो ।

मूल्यांकनमा गुरूजजुर मावि कक्षा ३ मा अध्ययन छात्र प्रथम भएका छन् । मावि तुलसीपुर सेन्टर कक्षा ३ मा अध्ययन गर्ने छात्रा द्वितीय, विरेन्द्र मावि भ्यूडहर सुनपुर कक्षा ३ मा अध्ययनरत छात्रा तृतीय र जनकल्याण मावि कक्षा २ मा अध्ययनरत छात्र सान्त्वना हुन सफल भएका छन् ।

प्रतियोगिताले विगतको तुलनामा सामुदायिक विद्यालयमा पठनसीपको विकास उल्लेखीय रूपमा सुधार हुँदै गएको पुष्टि गरेको गुरूजजुर नमुना माविका पूर्व प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले बताए ।

‘जबसम्म कुनैपनि विद्यार्थीले नेपाली भाषा पढ्न, लेख्न, बुझ्न र बोल्न सक्दैन तबसम्म सिकाइ प्रभावकारी हुँदैन,’ उनले भने– ‘त्यसैले हरेक विद्यालयले पठनसीपलाई पहिलो प्राथमिकतामा राखेर सिकाइ क्रियाकलापहरूलाई सञ्चालन गर्नुपर्छ ।’ विद्यालयहरूमा शिक्षक दरबन्दी कम हुँदै जानु, विद्यालयहरू मर्ज हुँदै जानु र पठनसीपको बारेमा शिक्षकहरू सचेत बन्दै जाँदा त्यसको प्रभाव अहिले विद्यार्थीहरूको सिकाइमा देखिन थालेको उनले बताए ।

पठनसीपको विकास भएपनि विद्यार्थीहरूमा उच्चारणको समस्या भने रहँदै आएको उनले बताए । नेपाली भाषालाई मातृभाषा बनाउने समुदायका विद्यार्थीहरूलाई वाक्य उच्चारणमा समस्या छैन । तर आफ्नै भातृभाषा बोल्ने विद्यार्थीहरूलाई भने नेपाली भाषाको वाक्य उच्चारणमा समस्या हुँदै आएको उनले बताए । आफ्नै मातृभाषामा पुस्तकहरू नहुँदा उनीहरूलाई कुनै–कुनै शब्द उच्चारण गर्न मुस्किल हुने उनी बताउँछन् ।

‘आफ्नै मातृभाषाका विद्यार्थीहरूलाई पढ्न अलि समस्या हुने गर्दछ, यो यहाँको मात्र समस्या होइन सबै ठाउँको समस्या हो,’ उनले भने– ‘मातृभाषा र विद्यालयमा पढ्ने पढाउने भाषा फरक हुँदा शब्द उच्चारणहरू उल्टो भयो की भन्ने लाग्छ, तर त्यसलाई हामीले बुझ्न जरूरी छ ।’ प्रारम्भिक तहको शिक्षा सुधारका लागि रहेक वर्ष राज्यले ठूलो लगानी गर्दै आएको र त्यसको प्रभावकारिता अहिले विद्यालयहरूमा देखिन थालेको हो ।

पछिल्लो समय सामुदायिक विद्यालयहरूमा ग्रेड टिचिङको सुरूवात भएदेखि विद्यार्थीहरूको पठनसीपमा पनि सुधार देखिन थालेको शिक्षा महाशाखाले बताएको छ । हरेक विद्यालयहरूमा पठनसीपको विकास अनिवार्य रहेकाले यसतर्फ विद्यालयका शिक्षकहरूले ध्यान दिन जरूरी रहेको महाशाखाका प्रमुख चक्र भण्डारीले बताए ।

विद्यालयहरूमा पठन संस्कृतिको आवश्यकता महसुस गराउन र पठनसीपलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए ।

विद्यार्थीहरूको शैक्षिकस्तरमा सुधार ल्याउनका लागि स्थानीय सरकार प्रतिवद्ध रहँदै आएको उपमहानगरका नगरप्रमुख टिकाराम खड्काले बताए । जबसम्म शिक्षा क्षेत्रको सुधार हुँदै तबसम्म अन्य क्षेत्रको समेत विकास नहुने भन्दै उनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउन सबैको सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

तुलसीपुर उपमहानगर–पालिकाका सामाजिक विकास शाखाका संयोजक मानबहादुर रावतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एसइइमा तुलसीपुर क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालयतर्फ गुरूजजुर माविका छात्रछात्रा, संस्थागत विद्यालयतर्फ अमर बोर्डिङ स्कुल कालाखोला, ज्ञानज्योति स्कुल, लिटिल हेभन विद्यालयका छात्राछात्र र राष्ट्रिय खेलमा गोल्डमेडल प्राप्त गर्न सफल खेलाडी एवं ग्रेट अरनिको माविका छात्रा निशा औधरीलाई नगदसहित सम्मान गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here