- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरसाक्षरता दिवसमा चौधरीलाई सम्मान

साक्षरता दिवसमा चौधरीलाई सम्मान

- Advertisement -spot_img

तुलसीपुर, २४ भदौ ।
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस एवं राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथ्लेक्टिस खेलमा राष्ट्रिय नयाँ किर्तिमान कायम गर्ने निशा चौधरीलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले दिवसका अवसरमा चौधरीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको हो ।

नगरप्रमुख टिकाराम खड्काले खेलाडी राष्ट्रकै गहना भएकाले थप हौसला प्रदान गर्नका लागि सम्मान गरिएको बताए । खड्काले शिक्षा क्षेत्र सुधार नै पहिलो प्राथमिकतामा रहेको बताए । उनले शैक्षिक गुणस्तर सुधार्नका लागि अभिभावक, शिक्षक र सरकारबीच समन्वय सहकार्य भएमात्रै सम्भव रहेको बताए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरूकै भूमिका महत्वपूर्ण रहने बताइन् । दिवसकै अवसरमा कक्षा ३ सम्म पढ्ने विद्यार्थीहरूका लागि पठन सीप प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा गुरूजजुर नमुना माध्यमिक विद्यालयका लक्ष्मण बुढाथोकी प्रथम, मावि सेन्टरका किञ्जल परियार द्वितीय, वीरेन्द्र मावि भ्यूडहर सोनपुरका लक्ष्मी रास्कोटी तृतीय र जनकल्याण माध्यमिक विद्यालय दुधरासका विमला घर्ती सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रम सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सम्बन्धित विद्यालयलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन मनबहादुर खड्काले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here