- Advertisement -spot_img
Wednesday, June 7, 2023
Homebreaking-newsसल्यान पूर्णखोप सुनिश्चितता जिल्ला

सल्यान पूर्णखोप सुनिश्चितता जिल्ला

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, २ भदौ ।
सल्यान जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिले सल्यानलाई नेपालको ६८औँ जिल्लाको रूपमा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । खोप लाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा खोप पूरा गरेको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ कुमार श्रेष्ठले जिल्ला खोप समन्वय समितिको निर्णय, प्रदेश खोप समन्वय समितिको अनुमतिपछि सल्यान जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरेको बताए । यसअघि जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको थियो ।

जिल्लाका जन्मेदेखि १५ महिनासम्मका ३ हजार ५ सय ७७ जनाले पूर्णखोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जसमध्ये ३ हजार ५ सय ३८ जनाको खोप कार्ड छ भने ३९ जना बालबालिकाले खोप खोप लाए पनि कार्ड भने छैन ।

श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट अनुगमन र निरीक्षण गरी खोप लाएको सुनिश्चित गरेपछि मात्रै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यस अवधिमा बालबालिकाले विभिन्न १३ वटा सरूवा रोगविरूद्धका खोप लगाउनुपर्छ । पूर्णखोप सुनिश्चितका लागि १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको खोपको अवस्था पहिचान र विश्लेषण गरिन्छ ।

पूर्णखोप सुनिश्चित जिल्ला घोषणापछि यसको दिगोपनाका लागि विभिन्न रणनीति तय गरिएको छ । प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, हरेक वर्षको चैत महिनाभित्रै स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण गर्ने नीति तय भएको छ । सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सुक्ष्म योजना, योजना अध्यावधिक र छुट बालबालिकालाई खोप लगाइने छ ।

स्थानीय तहको वार्षिक कार्यक्रममा पूर्णखोप घोषणा र दिगोपना कार्यक्रम समावेश गरी स्वीकृति दिइनेछ । हरेक वर्ष, वडा, स्थानीय तह, जिल्लासभाबाट पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण, सार्वजनिक र प्रतिवेदन पेस गर्ने गरी रणनीति तय भएको छ । पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले नेपालमा कोभिडको महामारीले सबै नेपालीलाई ग्रसित पारेपछि सबैको खोपको महत्व बुझेको बताए ।

प्रदेशका सांसद गुलावजंग शाहले मान्छेको बाँच्न पाउने अधिकार र पाउनुपर्ने अधिकारबाट कुनै पनि बालबालिका बन्चित हुन नहुने बताए । पहिले–पहिले साना–साना बालबालिका राम्रो हेरचाह र पोषिलो खानाका कारण अकालमै मृत्यु हुने गरेकाले अब त्यसो नहुने बताए । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले २०७४ सालदेखि सुरू भएको अभियानले सार्थक पाएको बताए ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति उपप्रमुख असवीर बुढाथोकीले खोप लाउनुपर्ने सबै बालबालिकालाई खोप दिइएको सुनिश्चिततापछि जिल्लालाई पूर्णखोप सुनिश्चित गरिएको बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका सूचना अधिकारी थलराज डिसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here