- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homebreaking-newsतुलसीपुरको बजार व्यवस्थापन नीति, ठूलालाई चैन, सानालाई ऐन

तुलसीपुरको बजार व्यवस्थापन नीति, ठूलालाई चैन, सानालाई ऐन

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, ३० साउन ।
फुटपाथको व्यवसायले बजारलाई कुरूप बनाएको र दुर्घटनाको जोखिम बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले केही निश्चित स्थानबाट मात्रै ठेला व्यवसाय सञ्चालन गर्ने नीति अघि सारेको छ ।

यसअघिकै जनप्रतिनिधिले तुलसीपुर बजारलाई व्यवस्थित गराउन तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ६ मा रहेको तरकारी बजार र तुलसीपुरको बसपार्कको उत्तरतर्फमात्रै ठेला व्यवसाय सञ्चालन गर्न पाउने गरी निर्णय गरेका थिए । तर बजारका विभिन्न स्थानबाट ठेलामा व्यवसाय हुने क्रम नरोकिएपछि नगरले ठेलाको व्यवसायलाई जफत गरिरहेको छ ।

आइतबार पनि तुलसीपुरका विभिन्न स्थानबाट ठेलाको व्यवसाय जफत गरेको छ । ठेला व्यवसायी र ठेला जफत गर्ने प्रहरीबीच केही झडपको स्थितिसमेत सिर्जना भयो । तर ठेला व्यवसाय गर्नेहरू सरकार र प्रशासनसँग के गर्न सक्थे र ? अन्त्यमा सडकमा गरिएका व्यवसाय उपमहानगरपालिकाले जफत गरिहाल्यो ।

‘सानो लगानीमा गरेर ठेलामा व्यवसायलाई नगरले पटक–पटक दुःख दिने गरेको छ’ ठेला व्यवसायी सुकला साहुले भने– ‘सायद यहि त होला परिवर्तन भनेको ? उनले ठूला व्यवसायीले सडकै मिचेर मोटरसाइकल व्यापार गर्ने, निर्माण सामग्री थुपार्ने माथि नगरले टुलुटुलु हेरेरे बसेको तर आफूहरू माथि सधैँ अन्याय गर्ने गरेको बताए ।

‘कोहि पनि दुई÷चार पैसा आम्दानी होला भनेर व्यवसाय गर्ने हो’ उनले भने– ‘नगरपालिकाले भनेको ठाउँमा दुई पैसाको पनि बिक्री हुँदैन् ।’ उनले ठेला व्यवसाय पनि सरकारको नजिकको मान्छले निर्वाध रूपमा गरिरहेको तर आफूहरू पहुँच नहुनेलाई सधैँ लखेट्ने गरेको बताए ।

‘नगरले हटाउने हो भने सबैलाई हटावस् र सबै ठेला व्यवसाय एकै ठाउँबाट हुनेछ’ उनले भने– ‘कसैलाई हटाउने, कसैलाई नदेखेझैँ गर्ने हो भने त कसरी होला र बजार व्यवस्थापन ?’ उपमहानगरपालिकाले बजारलाई व्यवस्थापन गर्ने नाममा गरिबको पेटमाथि लात्ती हानेको ठेला व्यवसायीको दुखेसो छ । ‘खै अहिलेका मेयर त सर्वहारा नेता भन्थे, खै गरिबको मर्म बुझेको देखिएन् ।’

अर्का ठेला व्यवसायी विराज रेउलेले भने– ‘गरिबको पक्षमा लडिदिने को हुन्छ र, जो पनि सत्ता बाहिर बस्दा मात्रै हो फुर्ती लगाउने ।’ उनले ठूला व्यवसायीले सडकै मिचेर निर्माण सामग्री थुपार्ने, मोटरसाइकल सडकमै राखेर बिक्री वितरण गर्दासमेत नगरले नदेखेझैँ गरेको बताए । ‘ठेलाले मात्रै बजार कुरूप भएछ, सायद’ उनले भने–‘सडकमा थुपारिएका सडक, गिट्टी, बालुवा, मोटरसाइकलको व्यापारले त सुन्दरै बनाएको होला ।’

बजारबाट विभिन्न समयमा जफत गरिएका ठेलाले उपमहानगरपालिकाले अगाडितिरको ठाउँ भरिन थालेको छ । तर दीर्घकालिनरूपमा फुटपाथको व्यवसाय व्यवस्थित बन्न सकेको छैन् । उपमहानगरपालिकाले साना फुटपाथका व्यवसायीलाई मात्रै हटाउने गरेको छ । तर सानालाई ऐन ठूलालाई चैन भनेझैँ बजारका विभिन्न स्थानमा सडकै मिचेर निर्माण सामग्री थुपार्ने र व्यवसाय गर्ने ठूला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन् ।

बजारका मुख्य चोकमा ठेलामा व्यवसाय सञ्चालन गर्दा बजार पनि कुरूप बन्दै गएको र दुर्घटनाको जोखिम पनि बढेकोले ठेला जफत गरिएको तुलसीपुर उपमहानगर–पालिकाका बजार व्यवस्थापन संयोजक तथा उपमेयर स्यानी चौधरीले बताइन् ।

‘सडकमा व्यापार नगर भन्या कत्ति पत्यान्न् त’ उनले भनिन्– ‘धेरै पटक फुटपाथमा व्यवसाय नगर्न सूचना जारी गरिम, तर अटेर गरेपछि जफत ग¥या छम् ।’ उनले साना ठूला व्यवसाय कसैले पनि सडकमा व्यापार गर्न छुट नरहेको बताइन् । ‘ठूला व्यापारी जसले सडकमा मोटरसाइकल, निर्माण सामग्री थुपारेको छ’ उनले भनिन्– ‘सबैलाई सडकबाट हटाउँछौँ, अटेर गरे कारबाही गछौँ ।’

आइतबार तुलसीपुरको शितलपुर रोड, मदनआश्रित चोक, बसपार्कलगायतका स्थानबाट ठेला जफत गरिएको हो । फलफूल तथा तरकारी बिक्रीका लागि निश्चित स्थान तोकिदा पनि बजारका विभिन्न स्थानमा छरिएर व्यवसाय गर्न थालेपछि ठेला जफत गर्ने गरिएको नगरप्रमुख टिकाराम खड्काले बताए ।

‘हामीले त निश्चित ठाउँबाट व्यापार गर्नुस् भनेकै छौँ, तर अटेर गरेपछि आइतबार ट्राफिक प्रहरीले जफत गरेको छ’ उनले भने– ‘अब सबै साना ठूला व्यवसाय सडकबाट हटाउँछौँ ।’ उनले फलफूल तथा तरकारी बिक्रीका लागि उपमहानगरपालिकाले वडा नम्बर ६ को सब्जीमण्डी र नयाँ बसपार्कको उत्तरतर्फ तोकिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here