Wednesday, September 11, 2024
Homeसमाजआत्मनिर्भर लघुवित्तले शेयर जारी गर्ने

आत्मनिर्भर लघुवित्तले शेयर जारी गर्ने

- Advertisement -spot_img

घोराही, २२ साउन ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरूका लागि शेयर जारी गर्न विशेष साधारणसभामार्फत स्वीकृति प्रदान गरेको छ । यसअघि स्वीकृति प्रदान गरेको शेयर पुँजीलाई नेपाल राष्ट्र बैंकले अनुमति दिएपनि कम्पनी रजिष्ट्रारले कर्मचारी, सर्वसाधारण र सामूहिक लगानी कोषका लागि रकम थप गर्नुपर्ने भन्दै प्रबन्ध पत्र र नियमावली संशोधन गर्न परिपत्र गरेपछि विशेष साधारण सभा गरिएको हो ।

शुक्रबार केन्द्रीय कार्यालय घोराहीमा आयोजित विशेष साधारण सभाले संस्थाको ६ करोड शेयर पुँजीमा वृद्धि गरेर ६ करोड २३ लाख ३८ हजार बनाएको छ । जस अनुसार प्रतिशेयर कित्ता सयका दरले ६ लाख २३ हजार ३ सय ८० रूपैयाँ बनाइएको छ । संस्थाका शेयर सदस्यहरूले प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने निर्णय गरेकाले शेयर निष्कासनका लागि रजिस्ट्रार कार्यालयमा पारित भएको निर्णय पठाएपछि अन्तिम स्वीकृति प्राप्त हुने र त्यसलगत्तै प्रारम्भिक पुँजी निष्कासन (आईपिओ) जारी हुनेछ ।

२०७६ बैशाख २ बाट आत्मनिर्भर लघुवित्तका रूपमा रूपान्तरण भएको संस्थाले अब जारी पुँजीमा ३२ दशमलव ६२ प्रतिशत शेयर निस्कासनको तयारी गरेको छ । संस्थाकी अध्यक्ष मीरा चौधरीको अध्यक्षता तथा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीको प्रमुख आतिथ्यतामा भएको विशेष साधारण सभामा सहभागी वक्ताहरूले संस्थाको आन्तरिक पक्षलाई बलियो बनाउँदै गरिव, विपन्न, पिछडिएका वर्गको उत्थानमा ध्यान दिन आग्रह गरेका थिए ।

निम्न वर्गको उत्थानमा संस्थाको भूमिका हुनुपर्ने भन्दै लगानी गर्दा संस्थालाई आर्थिक लाभ भएपनि प्रतिफलको हिस्सेदार लाभग्राही पनि बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले देशको आर्थिक विकासमा वित्तीय संस्थाको भूमिका अतुलनीय रहेको भन्दै आत्मनिर्भर लघुवित्तले पनि जनमुखी काममा ध्यान दिन अपिल गरिन् । संस्थाका कर्जा अधिकृत कालीदास चौधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण आन्तरिक लेखापरिक्षक सुशीला गिरीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here