- Advertisement -spot_img
Monday, June 5, 2023
Homeफिचर‘बलराम’ नामबाट उदाएका कमल गाउँले

‘बलराम’ नामबाट उदाएका कमल गाउँले

- Advertisement -spot_img

हेमराज परिवर्तन
घोराही, २१ साउन ।
चुट्किला सुनाउने, अरूको आवाज दुरूस्त नक्कल गर्ने र मादल, सारङ्गी बजाउनेदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार हुन् कमल गाउँले । प्यूठानमा जन्मेका गाउँले सानो छँदा परिवारसँगै बसाइँ सरेर दाङको घोराही झरे ।

बाल्यकालदेखि कला क्षेत्रमा रमाएका गाउँले विद्यालय पढ्दादेखि नै अभिनय र वाद्यबादन बजाउन सुरू गरे । त्यही मादल र सारङ्गी बजाउने धुनले उनमा कला–मोह जाग्यो । उनी कलाकार बन्ने लहडले काठमाडौँ हान्निए ।

दश वर्षसम्म उनी मादल बजाउँदै आफ्नो जीवनको धुन खोजिरहे । यसै क्रममा उनी मादल प्रतियोगितामा सर्वोत्कृष्ट भएका थिए । दोहोरी साँझमा उनी राति बजाउँथे र दिनभर सिनेमा एवं टेलिशृङ्खलामा अभिनय गर्ने मौका खोज्दै हिँड्थे । कति क्षण यस्ता पनि छन्, जहाँ उनी अभिनय गर्न नपाएर रूँदै फर्किएका पनि छन् । तर गाउँलेले कलाकार बन्ने सपना छोडेनन् । सपनाको बाटो पछ्याइरहे ।

‘खाने मुखलाई जुङ्गाले छेक्दैन’ भने झै उनले विस्तारै–विस्तारै आफ्नो सपनाको बाटोमा हिडिरहे । फाटफुट म्युजिक भिडियोहरूमा काम गर्दै गए । ‘म्युजिक भिडियोहरूमा काम गर्दै जाँदा केही अग्रज कलाकारले मलाई चिन्न थाल्नुभयो । काम गर्दै जाँदा हास्यव्यंग्यतिर गाँसिए । हरिवंश आचार्य, मदनकृष्णरू श्रेष्ठ, साम्दे शेर्पा, सन्तोष पन्तजस्ता अग्रज कलाकारहरूसँग चिनाजानी हुनपुग्यो । उहाँहरूसँग अभिनय गर्ने अवसर पाएँ’ उनले भने ।

यसरी उनले गिती भिडियोदेखि ‘तितो सत्य’ नामक टेलिशृङ्खला हुँदै ‘छ माया छ छपक्कै’ चलचित्रसम्म अभिनय गरे । दर्जनौ नेपाली फिल्म र हजारौ म्युजिक भिडियो र दर्जनौ सिरियलमा उनको अभिनय देख्न सकिन्छ । उनले सम्माननीय राष्ट्रपतिबाट जन सेवा श्री पदकबाट पनि समानित भएका छन् ।

‘बलराम’ नामले परिचित
रङ्गमञ्चमा होमिएका गाउँले एकाएक ‘भैंसी पाल्ने बलराम’ ले परिचित भए । न उनी भैंसी पाल्ने बलराम हुन्, न बालाराम । उनले उभिनय गरेको लोकगीत ‘गर्नु ग¥याँै बलराम भैंसी पालेर’ खुबै चर्चित बन्यो । यही उपमाले उनी सर्वत्र चिनिए । त्यसबेला टेलिशृङ्खलादेखि सिनेमासम्म ‘जड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जड्याहा थिए ? होइन । बरू कमलको अभिनय चाहिँ कमालको थियो ।

बलराम, जड्याहा पोइ, देउराली भट्टी पसलजस्ता गीतले कमललाई बेग्लै फ्रेममा स्थापित गरिदियो । तर, उनको ख्याति यत्तिमा सीमित छैन । खासमा त कमल गाईजात्राका लागि बढी कहलिएका पात्र हुन् ।

गाउँलेको २२औं गाईजात्रे यात्रा
उनले यस वर्षको गाईजात्रालाई लक्षित गरी २२औँ गाईजात्रा ‘जन्ता हान्न चाहन्छन् गाईजात्रा’ सार्वजनिक गरेका छन् । उक्त गाईजात्रालाई ३० लाख दर्शकले हेरिसकेका छन् । आफ्नै कमल गाउँले युटुयव च्यानलमा राखिएको भिडियोमा प्यारोडी गीत प्रहसन पनि हेर्न सुन्न सकिन्छ ।

विगत २२ वर्षदेखि निरन्तर गाईजात्रा बनाउँदै आएका गाउँलेले वर्षभरि भएका राजनीतिक, सामाजिक र विभिन्न घटना क्रमहरूलाई समेटेर हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्छन् । खासगरी राजनीतिक दल र नेताहरूमाथि उनी प्रहार गर्न रूचाउँछन् ।

‘अरूबेला यसरी घोचपेच गरियो भने जेल जानुपर्छ’ कमल भन्छन्, ‘यही एउटा मौका आउँछ, त्यसलाई किन छाड्ने ?’ शम्भु दाहालबाट प्रेरित भएर उनले २०५७ सालदेखि गाईजात्रे प्रस्तुति निकाल्न सुरू गरेका उनका सिर्जनामा कुनै न कुनै रोचक र घोचक प्रस्तुति देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here