- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeखेलकुदतुलसीपुरमा भलिबल प्रतियोगिता

तुलसीपुरमा भलिबल प्रतियोगिता

- Advertisement -spot_img

लक्ष्मण बस्नेत
तुलसीपुर, ११ साउन ।
दाङको तुलसीपुरमा अन्तर कलेजस्तरीय खुला पुरूष भलिबल प्रतियोगिता सुरू भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा सञ्चालित प्रतियोगिताको पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले उद्घाटन गरेका छन् । कार्यक्रमका गिरीले खेलकुदको विकास स्थानीयस्तरबाटै हुनुपर्ने बताए ।

‘मानव समाज र अनुशासनको मुख्य मेरूदण्ड खेलकुद हो यसको विकास स्थानीय स्तरमै हुनुपर्छ’ उनले भने, ‘अब स्थानीय तह पनि सिङ्गो खेलकुदको विकासमा जुट्न आवश्यक छ ।’ उनले खेल विकासमा आफू लागि पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासमा स्थानीय सरकार गम्भीर नभएको बताए । निजी क्षेत्र खेलकुद क्षेत्रमा लगानी गर्न इच्छुक भइरहँदा स्थानीय निकायले खेल क्षेत्रलाई हेर्ने दृष्टीकोण फराकिलो बनाउन नसकेको बताए ।

अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, स्थानीय तहको खेलकुद हेर्ने स्थानीय सरकार नै हो यसर्थ यथेष्ट बजेट छुट्याएर खेल विकासमा जुट्नु पर्छ । तुलसीपुर उपमहानगर–पालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी, दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी–लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

राप्ती किङ प्रशिक्षण केन्द्रका सल्लाहकार केदारराज श्रेष्ठको स्वागत रहेको कार्यक्रमको सञ्चालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । पहिलो दिन अरनिको मावि रोल्पा, सिद्धेश्वरी मावि रूपन्देही र मुसिकोट बहुमुखी क्याम्पस खलङ्गाले विजयी सुरूवात गरेका छन् ।

यस्तै प्रतियोगिताअन्तर्गत बुधबार बिहान ७ बजे न्यू होराइजन रूपन्देही र जनश्रम मावि खाद्रे भिड्ने छन् । भने दोस्रो खेल भिमसेन मावि र गोरखा मावि ब्लुबीच हुनेछ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवद्र्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक कमल खत्रीले बताए ।

प्रतियोगितामा विभिन्न जिल्लाका २० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार ११ रूपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रूपैयाँ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता मूलआयोजक समितिका सदस्य सन्तोष रानाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here