दाङ, २३ असार ।
दाङ जिल्ला खेलकुद विकास समितिमा नयाँ पदाधिकारीहरूको पदभार ग्रहण गरिएको छ । समितिको कार्यालय बेलझुण्डीमा अध्यक्षसहितका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले असार १९ गते मनोनयन गरेका दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमाल, उपाध्याक्ष पाल्पी चौधरी, कोषाध्यक्ष ध्रुव आचार्य, सदस्य सन्तोष वली, सन्तोष लामिछाने, नोखि रावत, अनिल रिजालले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष हमालले जिल्लाको खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्यले अघि बढ्ने बताए । उनले खेलप्रेमीहरूको मनोभाव र यहाँको आवश्यकता अनुसार काम गर्ने बताए । अध्यक्ष हमालले खेल पूर्वाधार, संरचना, खेलकुदको सम्पत्ति रक्षा गर्ने र दक्ष खेलाडीहरू उत्पादन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले समितिका रहेको सबै टिम खेलसँग नजिक रहेको भन्दै योजनाअनुसार अघि बढने बताए ।
पदभार ग्रहण कार्यक्रममा खेलकद विकास समितिका कार्यालय प्रमुख पदमा चौधरी, क्षेत्रीय समिति नेपालगंजका प्रमुख कैलाश चन्द, तेकान्दो संघका प्रदेश अध्यक्ष विमल रिजाललगायत विभिन्न प्रक्षिकहरूको सहभागिता रहेको थियो ।