- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeमुख्य खबरराष्ट्रपति रनिङ शिल्ड, भलिबलको उपाधि मिडवेष्टलाई

राष्ट्रपति रनिङ शिल्ड, भलिबलको उपाधि मिडवेष्टलाई

- Advertisement -spot_img

तुलसीपुर, १९ असार ।
दाङको बेलझुण्डीमा जारी जिल्लास्तरीय १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को छात्रा भलिबलको उपाधि मिडवेष्ट प्वाइन्ट एकाडेमी पश्चिम खैरेनीले जितेको छ । फाइनलमा सिद्धपृथ्वी मावि श्रीगाउँलाई २५–२४ र २५– १६ को सोझो सेटमा पराजित गर्दै मिडवेष्टले उपाधि जितेको हो ।

यसैबीच शनिबार दोस्रो दिन गोरखा मावि तुलसीपुर शीर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा दाङ जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ गोरखा मावि तुलसीपुर शीर्ष स्थान रहेको छ ।

त्यस्तै ग्रेट अरनिको मावि तुलसीपुर ३ स्वर्ण, १ रजत पदकका साथ द्वितीय स्थानमा रहदा ज्ञान ज्योति तुलसीपुर २ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तृतीय स्थानमा रहेको छ भने जनता मावि गढवा २ स्वर्ण, १ रजत र १ कास्य पदकका साथ चौथो स्थानमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत आइतबार छात्र भलिबल, छात्र÷छात्रा कबडी, तेक्वान्दो, कराँते र एथलेटिक्सतर्फ ४००, ३००, १०० गुणे ४, ट्रिपल जम्प हुनेछ । यसैबीच आइतबार अपरान्ह ४ बजेपछि प्रतियोगिताको समापन समारोह गरिने आयोजक दाङ जिल्ला खेलकुद विकास समितिकी कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here