- Advertisement -spot_img
Wednesday, February 8, 2023
Homeखेलकुदजिल्लास्तरीय कराँते प्रतियोगिता हुने

जिल्लास्तरीय कराँते प्रतियोगिता हुने

- Advertisement -spot_img

दाङ, १८ असार ।
दाङ देउखुरीको लालमटियामा जिल्लास्तरीय खुला कराँते प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल सितोरियो कराँते देउखुरी डोजोको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिता यही असार २१ गतेदेखि सुरू हुनेछ ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको कुमुते पुरूषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूह र कुमुते महिलातर्फ ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा कडा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला पुरूष एकल कातामा कडा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक याम बहादुर वाग्लेले जानकारी दिए ।

जिल्लाका दश पालिकाभित्र स्थापित डोजोका खेलाडिहरूको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने डोजोलाई पुरस्कार स्वरूप शिल्ड, कुमुते र कातामा उत्कृष्ट हुने खेलाडिलाई ट्रफी तथा प्रथम, द्वितीय र तृतीय स्थान हात पार्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here