Friday, March 29, 2024
Homebreaking-newsतुलसीपुरमा भू–उपयोग नीति, कृषि क्षेत्रको पहिचान गरिने

तुलसीपुरमा भू–उपयोग नीति, कृषि क्षेत्रको पहिचान गरिने

- Advertisement -spot_img

तुलसीपुर, १५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले भू–उपयोग नीति लागू हुने भएको छ । कृषियोग्य जमिनलाई खण्डिकरण हुनबाट रोक्नका लागि उपमहानगरले भू–उपयोग नीति लागू गर्ने भएको छ ।

भू–उपयोग नीति लागू गर्नका लागि पालिकाले उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भू–उपयोग कार्यान्वय समिति गठन गरिएको छ । भू–उपयोग नीतिमार्फत उपमहानगर क्षेत्रभित्र रहेका कृषि र गैरकृषि क्षेत्रको पहिचान गरिनेछ ।

उक्त समिति सदस्यहरूमा तुलसीपुरका १९ वटै वडाका अध्यक्ष, कृषि शाखा प्रमुख धनराज गौतम, बस्ती विकास शाखा प्रमुख हिमालय शर्मा, नापी अधिकृत प्रदिप ज्ञवाली, भूमि शाखा प्रमुख माधव पौडेल, कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, वन कार्यालयका एकजना प्रतिनिधि र सरोकारवाला लोकमाया बुढा रहेका छन् । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल रहेका छन् ।

साथै तुलसीपुर मालपोत र नापी कार्यालयका प्रतिनिधिलाई बैठकमा आमन्त्रित सदस्यका रूपमा राखिएको छ । संघीय सरकारले कृषि क्षेत्रलाई खण्डिकरण हुनबाट रोक्ने उद्देश्यका साथ ल्याएको भूउपयोग नीतिलाई तुलसीपुरमा बृहत् छलफल गरी कार्यान्वयन गरिने भएको छ ।

गठित समितिले तुलसीपुरका १९ वटै वटामा पुगेर स्थानीय सरोकारवाला निकायहरूसँग छलफल गरी कृषि र गैरकृषि क्षेत्रको पहिचान गर्ने भएको छ ।

प्रत्येक टोल तथा वडामा छलफल गरी कृषि क्षेत्र पहिचान गर्ने निर्णय भएको छ । मंगलबार बिहान तुलसीपुरमा आयोजित बैठकमा यस्तो निर्णय भएको छ । नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकको सहजीकरण बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले गरेका थिए ।

उपमहानगर क्षेत्रमा कृषि र गैरकृषि क्षेत्र पहिचान गरेमा कृषि सम्बन्धी कार्यक्रम गर्न सहज हुने भएको छ । कृषि क्षेत्रको पहिचान गर्न सकेमा सिँचाइलगायतका कृषिसम्बन्धी कार्यक्रम र अन्य क्षेत्रमा सडक, बत्ती, खानेपानी लगायतका विकास गर्न सकिने नापी अधिकृत प्रदिप ज्ञवालीले जानकारी दिए । असार १८ गतेदेखि वडास्तरमा यस बारेमा छलफल हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here