Friday, April 19, 2024
Homeमुख्य खबरकिसानलाई बाख्रा र कृषि सामग्री वितरण

किसानलाई बाख्रा र कृषि सामग्री वितरण

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, १५ असार ।
सल्यानको शारदा नगरपालिकाले स्थानीय र उन्नत जातका बाख्रा र अन्य सामग्री वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ९ का ३० जना किसानलाई बाख्रा र सामग्री वितरण गरेको हो । १०९ वटा खरी जातका बाख्रा, ४ वटा बोयर बोका, ६ वटा जमुनापारी जातका बोका नगरपालिकाले किसानलाई वितरण गरिएको छ  ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले किसानलाई बाख्राका साथै औषधी र आवश्यक कृषिजन्य सामग्री हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानबाट १५ लाख शारदा नगरपालिकाबाट साढे ४ लाख र कृषकको ५ लाख ८५ हजार गरी कुल २६ लाख ३५ हजारका बाख्रा तथा कृषि सामग्री हस्तान्तरण गरिएको छ ।

एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रमअन्तर्गत प्रगतिशील साना किसान कृषि सहकारी संस्थामा आवद्ध ३० जना किसान यो कार्यक्रमबाट लाभान्वित भएका हुन् । बाख्रा वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले नगरबासीको जीवनशैली सुधार गर्न तथा व्यवसायमुखी बन्न किसानलाई बाख्रा वितरण गरिएको बताए । तर धेरै ठाउँमा सरकारको अनुदानको सही सदुपयोग नभएकोले यसको लागि नगरपालिकाले अनुगमनसमेत गर्ने बताए ।

यसैबीच किसानहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि किसानहरूलाई आधुनिक कृषि यन्त्र वितरण गरिएको छ । परम्रागत कृषि खेतीलाई आधुनिक कृषि प्रणालीमा रूपान्तर गर्ने उद्देश्यले सल्यानका किसानहरूलाई आधुनिक कृषि यन्त्र वितरण गरिएको हो ।

जोत्नका लागि पावर तथा मिनी टेलर, डिजिटल तराजु, ठेला, थ्रेसरलगायतका कृषिजन्य यन्त्र किसानलाई वितरण गरिएको हो । परम्परागत खेतीलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको शारदा नगरपालिका कृषि शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । शारदा नगरपालिकाको ५० प्रतिशत अनुदानमा वडा न ८ का ७० किसानलाई कृषि यन्त्र वितरण गरिएको उनले बताए ।

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको उनले बताए । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरू वितरण गरिएको उनको भनाइ छ ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत लागतमा कुमाख गाउँपालिकामा धान गहुँ थ्रेसर वितरण गरिएको छ । क्षेत्र विस्तार योजनाअन्तर्गत थ्रेसर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यालय रागेचौरका इन्चार्ज हेमन्त रावतले जानकारी दिए ।

परम्परागत रूपमा खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउँदा खुसी भएका छन् । व्यावसायिक कृषि गर्न आधुनिक कृषि औजारले निकै सहज हुने शारदा नगरपालिका–८ का किसान टेक बहादुर वलीले बताए ।

जनशक्तिको अभाव र गाईगोरू पाल्न छोडेपछि खेतबारी बाँझो हुँदै गएको समयमा मिनी टेलर निकै उपयोगी हुने उनको भनाइ छ । ‘गाउँघरमा जोत्नका लागि गोरू पाल्न छाडिसकियो, काम गर्ने जनशक्ति पनि छैन’ उनले भने– ‘खेतीयोग्य जमिन दिनप्रतिदिन बाँझो बन्दै गएको छ, अब भने हामीलाई केही सहज हुने भयो ।’ थोरै समय र लागतमा मिनी टेलरको माध्यमबाट खनजोत गर्न सकिने भएपछि निकै सहज भएको अर्का किसान मानबहादुर कँवरले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here